२०८१ कात्तिक २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारऔषधि उत्पादक संघले भन्यो, ‘कुनै पनि अवस्थामा औषधि अभाव हुन दिदैनौं’

औषधि उत्पादक संघले भन्यो, ‘कुनै पनि अवस्थामा औषधि अभाव हुन दिदैनौं’


काठमाडौं—औषधि उत्पादक संघले कुनै पनि अवस्थामा औषधिको अभाव हुने नदिने जनाएको छ । कोरोना भाइरसको विश्वब्यापी रुपमा तीब्रतर संक्रमणपछि औषधि आपूर्तिमा चिन्ता सुरु भएका बेला संघले यस्तो जनाएको छ ।

‘औषधि अभावको विषय प्यानिक मात्र हो,’ औषधि उत्पादक संघका अध्यक्ष जीनारायणबहादुर सिंहले भने, ‘हामी आतिनुपर्ने अवस्था छैन ।’ भारतले औषधि आयत रोकेको चर्चापछि संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै यस्तो जनाएको हो ।

पुर्व अध्यक्ष दीपक प्रसाद दाहालले पत्रकार सम्मेलनमा बोल्दैं ३ महिना पुग्ने औषधिको मौज्दात र ३ महिनाकाे लागि कच्चा पदार्थ आफूहरुसँग रहेको उल्लेख गरे । ‘अबको ६ महिनासम्म पुग्ने औषधि छ, जुनसुकै ठाउँबाट हामी कच्चा पदार्थ ल्याएर औषधिको अभाव हुन दिदैनौं,’ उनले भने ।

उक्त पत्रकार सम्मेलनमा ७ महिनासम्म पुग्ने प्यारासिटामोल रहेको जानकारी दिइएको थियो । अहिले नेपालमा एलोपेथिक औषधि उत्पादन गर्ने ६२ वटा उद्योगहरु सञ्चालनमा रहेका छन् भने ४२ अन्य नयाँ उद्योगहरु निर्माणधीन अवस्थामा छन् ।

‘हाल हामीसँग तीन महिनासम्मको सामान्य बजारको लागि आवश्यक औषधि, कच्चा पदार्थ, सहायक कच्चा पदार्थ एवं प्याकिङ मेटरियल मौज्दात रहेको छ,’ पत्रकार सम्मेलनमा बाँडिएको महासचिव विप्लव अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘चीनबाट पनि हाम्रा कच्चा पदार्थ आइरहेका छन् । भूकम्प, नाकाबन्दीजस्ता विपदको समयमा पनि हामीले औषधि अभाव हुन नदिएको सबैलाई विदितै छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ