२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्रीको सचिवालयमा आएका ९० प्रतिशत निवेदन समायोजनका

स्वास्थ्यमन्त्रीको सचिवालयमा आएका ९० प्रतिशत निवेदन समायोजनका


काठमाडौं–नेकपाका नेता भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालय सम्हालेको गत हप्ता सय दिन कटेको छ । यी साढे तीन महिनामा मन्त्रीको सचिवालयमा झण्डै ४ हजार निवेदन तथा गुनासा आएका छन् ।

ती चार हजारमध्ये झण्डै ९० प्रतिशत भने कर्मचारी सामायोजन हुँदा आफूले चाहेको ठाउँमा नभएको भन्दै पायक ठाउँमा मिलाइदिन निवेदन परेका छन् । ‘अघिकांस निवेदनहरु समायोजन मिलाइदिन भन्ने आएका छन्,’ मन्त्रीका प्रमुख स्वकीय सचिव भुवन खतिवडाले भने, ‘९० प्रतिशत समायोजन भएको ठाउँ पायक परेन भन्ने गुनासाका छन् ।’

सचिवालयमा आएका अधिकांस निवेदन सम्बन्धित शाखा महासाखामा पठाएको उनको भनाइ छ । ‘मन्त्रीको सचिवालयमा आएका सबै निवेदन सम्बन्धित महाशाखामा पठाइन्छ,’ उनले भने, ‘मन्त्री या सचिवालयबाट त्यसमा कुनै हस्तक्षेप हुँदैन । कानुनअनुसार जे छ त्यही आधारमा अगाडि बढ्छ ।’

दोस्रो नम्बरमा चिकित्सक तथा स्वास्थ्यकर्मीको पदस्थापनका गुनासा रहेका छन् । त्यसमा पनि दुर्गममा चिकित्सक र स्वास्थ्यकर्मी नभएका गुनासा अधिक आउँछन् । ती गुनासा लिएर आउनेमा अधिकांश जनप्रतिनिधी भएको खतिवडा बताउँछन् । ‘अधिकांश दुर्गमबाट आएका जनप्रतिनिधीहरुका गुनासो चिकित्सकलगायत स्वास्थ्यकर्मी नभएको भन्दै पठाइदिन भन्नुहुन्छ,’ उनले भने, ‘तर, रमाइलो कुरा के छ भने तिनै आफ्नो ठाउँमा स्वास्थ्यकर्मी चाहियो भन्ने जनप्रतिनिधीहरु आफ्नो मान्छेलाई चाहिं सुगममा पार्दिनुहोस् है भन्न छुटाउनुहुन्न ।’

समायोजन र सरुवापछि मन्त्री कहाँ आउने अरु गुनासाहरुमा अस्पतालमा चाडो अप्रेसनको पालो मिलाउन भनिदिनु भन्ने हुन्छन् । त्यो सँगै बिरामी उपचारमा लागेको खर्च छुट गराइदिन भन्दै परेका निवेदन पनि दुई सयभन्दा बढी छन् । कडा रोगको उपचारको लागि छुट्याइएको भन्दा थप या फरक औषधि उपचार खर्चका निवेदन पनि धेरै रहेको मन्त्रीका अर्का स्वकीय सचिव विष्णु खनाल बताउँछन् ।
मन्त्रीमार्फत स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्तीका लागि अपेक्षा गरेर थोरै मात्र निवेदन परेका छन् । भौतिक सामाग्री मागका निवेदन पनि कम रहेको खनालको भनाइ छ ।

अर्को रमाइलो कुरा के छ भने स्वास्थ्य मन्त्रालयअन्र्तगतका कर्मचारीहरु अध्ययन विदा मिलाउन संसद र अन्य मन्त्रीमार्फत पावर लगाउने गरेका समेत पाइएको छ । त्यसका साथै विभिन्न स्थानमा करारमा जागिरका लागि सिफारिस गरिदिनका लागि पनि केही निवेदन परेको सचिवालयका एक कर्मचारी बताउँछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ