२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउच्च जोखिम क्षेत्र मानिएको विमानस्थलको हेल्थ डेस्कमा स्वास्थ्यकर्मी कम

उच्च जोखिम क्षेत्र मानिएको विमानस्थलको हेल्थ डेस्कमा स्वास्थ्यकर्मी कम


काठमाडौं – त्रिभुवन विमान स्थलमा रहेको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीको संख्या ज्यादै कम भएको छ । कोरोना भाइरसको उच्च जोखिम क्षेत्र मानिएको विमानस्थल सरकारले मात्रै २० जना स्वास्थ्यकर्मी खटाएको हो।

हेल्थ डेस्कमा थप स्वास्थ्यकर्मी आवश्यक भएको हेल्थ डेस्कका इन्चार्ज गोपाल पाण्डेले बताए । ‘विगतमा थर्मल स्क्यानरका माध्यमबाट स्वास्थ्य परिक्षण हुदै आएको थियो त्यस बेला थोरै कर्मचारीले पनि काम गर्न सक्ने अवस्था थियो पाण्डेले भने,’ ‘अहिले प्रत्येक व्यक्तिको जाँच गर्नुपर्ने भएकाले बढी इन्फ्लारेट थर्ममिटरको बढी प्रयोग भएको छ ।’ हेल्थ डेस्कमा हाल एउटा मात्रै थर्मल स्क्यानर रहेको छ ।

संयोजक पाण्डेले कर्मचारी कम हुदा सेवामा समस्या भएको बताए । एउटा फ्लाईटबाट कम्तिमा पनि दुई सय देखि तीन सयको संख्यामा यात्रुहरु आइरहेको छन् । तर, हेल्थ डेस्कले प्रत्येक दुई सिफ्टमा ६ जना स्वास्थ्यकर्मी खटाउने गरेको । दिउसोको समयमा भने ८ जना खटाउदै आएको छ ।
सरकारी टोली अनुगमनमा जाने

त्रिभुवन विमानस्थलको हेल्थ डेस्कको अनुगमनमा आज सरकारी टोली जाने भएको छ । दिउसो प्रधानमन्त्री कार्यालय, अध्यागमन विभाग, पर्यटन मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरु अनुगमनमा जाने भएका हुन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ