२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारक्यान्सरबाट पीडित डा. बिएम खरेलको निधन

क्यान्सरबाट पीडित डा. बिएम खरेलको निधन


चितवन— क्यान्सरबाट पीडित डा. विष्णुमाया (बिएम) खरेलको निधन भएको छ । ३७ वर्षीया खरेलको आइतबार राति ९ः३९ मा उपचारका क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (सीएमसी)मा निधन भएको हो ।

डा. खरेल क्यान्सरको अन्तिम चरणसँग लडिरहेकी थिइन् । एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरकी संस्थापक एवं प्रबन्ध निर्देशक समेत रहेकी डा. खरेलमा डिम्बासयको क्यान्सर थियो ।

क्यान्सर पता लागेपछि डा. खरेल उपचारका लागि भारत र जापान पुगेकी थिइन् । तर, त्यहाँ पनि उनको उपचार सम्भव नभएपछि उनको नेपालमै केमो सुरु गरिएको थियो ।

उनका श्रीमान डा. प्रमोद लामिछाने हाडजोर्नी र नशा रोग विशेषज्ञ हुन् । उनका एक सन्तान रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ