२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड—१९ : ८ देशको अनअराइभल भिसा स्थगित, सीमामा ४३ हेल्थ डेस्क स्थापना

कोभिड—१९ : ८ देशको अनअराइभल भिसा स्थगित, सीमामा ४३ हेल्थ डेस्क स्थापना


काठमाडौं—संसारमा कोभिड—१९ ले महामारीको रुप लिएपछि सरकारले बढी प्रभावित भएका ८ वटा देशको अनअराइभल भिसा स्थगन गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीन, इरान, इटली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेन गरी ८ वटा देशको अनअराइभल भिसा स्थगन गरेको जानकारी दिएको हो ।

यस्तै, सरकारले कोभिड—१९ को उच्च जोखिम भएका देशहरुबाट आउने यात्रुलाई रोग नभएको प्रमाणित कागजात लिएर आउने प्रावधान अनिवार्य गरेको छ ।

कोभिड—१९ जोमिख न्यूनीकरणका लागि गरिएको पूर्व तयारीहरुबारे जानकारी दिन जारी गरिएको उक्त विज्ञप्तिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति बनेको र त्यसले विभिन्न समितिहरु बनाएर काम गरिरहेको जनाइएको छ ।

उच्च जोखिम भएका मुलुकबाट आउने यात्रुलाई विमानस्थलमा स्क्रिनिङ र स्व घोषणा फारम भर्ने कार्यलाई अनिवार्य गरिएको जनाइएको छ । यस्तै, मन्त्रालयले चीन र भारत जोड्ने सीमा ४३ वटा हेल्थ डेस्क स्थापना गरेर नेपाल प्रवेश गर्ने व्यक्तिको स्क्रिनिङ तथा स्वास्थ्य परिक्षण थालिएको, कोभिड—१९ को संक्रमणको निगरानी, रोकथामका लागि १८ जना सर्विलेन्स अफिसेज खटाउने तयारी भएको, देशभर जनचेतनामूलक जानकारीहरु प्रवाह गरिएको, आइसोलेसन वेड, औषधि, उपकरण र जनशक्तिको अनुमानसहित योजना बनाइएको जनाइएको छ ।

यस्तै, मन्त्रालयले शंकास्पद विरामीहरुलाई पहिलो पंक्तिमा शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र नेपाल एपीएफ अस्पताल तोकिएको र अन्य अस्पतालको पनि सूचीकरण गरिएको जनाएको छ ।

मन्त्रालयले अहिलेसम्म ४५० जनाको कोभिड—१९ को राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गरिएको जनाएको छ । जसमध्ये अहिले पनि ६ जना ४ जना टेकु र २ जना पाटन अस्तालको आइसोलेसनमा रहेको उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ