२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारट्रमामा एक्स—रे बिग्रिएपछि बिरामीलाई समस्या

ट्रमामा एक्स—रे बिग्रिएपछि बिरामीलाई समस्या


काठमाडौं—ट्रमा सेन्टरमा एक्स—रे मेसिन बिग्रिएपछि बिरामीलाई समस्या भएको छ । ट्रमाको ओपीडीको एक्स—रे शुक्रबारदेखि बिग्रिएपछि बिरामीलाई समस्या भएको हो ।

ट्रमाका निमित्त मेसु डा. भोजराज अधिकारीले जापानबाट आएको एक्स—रे मेसिन शुक्रबारदेखि बिग्रिएकाले पनि तत्काल बन्न नसक्ने अवस्था देखिएको बताए । ‘यो जापानबाट ल्याइएको एक्स—रे रहेछ । हामीले मेल पठाउने, फोटो खिचेर पठाउने सबै काम गर्‍यौं,’ उनले भने, ‘तर, जापानमा कोरोनाको समस्या पनि देखिएकाले अहिले नै यो समस्या समाधान हुने देखिएन् ।’

उनले हिड्न समस्या भएका, वृद्धवृद्धा, बालबालिका र प्रहरी केस भएका व्यक्तिहरुका लागि इमर्जेन्सीमा रहेको एक्स—रे बाट काम चलाइएको बताउँदैं बाँकीलाई एक्स—रेका लागि वीर अस्पताल अथवा बाहिर पठाउनु परेको उल्लेख गरे । ‘सेवा नै त रोकिन दिएका छैनौं,’ उनले भने, ‘तर, एक्स—रे मेसिन बिग्रिदा निकै गाह्रो भने भैरहेको छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ