२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवर्थिङ सेन्टरमा कर्मचारी र उपकरण नहुँदा सेवाग्राही मर्कामा

वर्थिङ सेन्टरमा कर्मचारी र उपकरण नहुँदा सेवाग्राही मर्कामा


जनकपुर—महोत्तरीका स्थानीय तहको  वर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी र आवश्यक उपकरणको अभावका कारण सेवाग्राहीहरू मर्कामा परेका छन् । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा रहेको वर्थिङ सेन्टर एकजना अनमीको भरमा सञ्चालन भइरहेको छ ।

आवश्यक उपकरणको अभाव र एक जना अनमीको भरमा २४ सै घण्टा उक्त वर्थिङ सेन्टर सञ्चालनमा छ । स्वास्थ्य जस्तो अति संवेदनशील संस्थामा औषधीको अभाव र वर्थिङ्ग सेन्टरमा उपकरणहरू काम लाग्ने अवस्थामा नभएपछि सुत्केरी गराउन आउने महिलाहरू निजी क्लिनिकमा धाउनुपर्ने बाध्यता रहेको छ ।

‘वर्थिङ सेन्टरमा न त कर्मचारी छन् नत उपकरण नै,’ अनमी बबिता कुमारी मण्डलले भनिन्, ‘जसका कारण सेवा लिन आउने महिलाहरू निजी क्लिनिकमा जानुपर्ने बाध्यता छ ।’

एकडारा स्वास्थय चौकीका इन्चार्ज शिवसुन्दर ठाकुरले वर्थिङ सेन्टरमा महिनाको औसत ३० देखि ५० जनासम्म प्रसुती गराउन आउने गरेको बताए । उनले प्रसुती गराउन आवश्यक पर्ने औषधि, ग्लोब्स (पञ्जा) र डेलिभरीको लागि आवश्यक अन्य सामग्रीहरू सुत्केरी गराउन आउने गर्भवतीहरू आफैले किनेर ल्याउनुपर्ने अवस्था रहेको जानकारी दिए । ‘सुत्केरी गराउन प्रयोग हुने डेलिभरी वेड पनि भाँचिएको छ । सेन्टरमा एकजना मात्र कर्मचारी २४ सै घण्टा सेवा खटिनुपर्ने भएकाले समस्या छ ।’

एक वर्ष पहिला गाउँपालिकाले चार जना कर्मचारीलाई वर्थिङ सेन्टरमा करारमा राखेपनि उनीहरूलाई काम गराएर तलब नदिँदा अहिले काम छाडेको पूर्व कर्मचारी रुपा झाले बताइन् ।

एकडारा गाउँपालिका अध्यक्ष रामछविला साहले कर्मचारीको अभावमा सेवाग्राहीलाई मर्का परेको स्वीकार गर्दै कर्मचारीको बन्दोबस्तको लागि पहल भइरहेको दावी गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ