२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमानव अंग प्रत्यारोपणमा मनाइयो विश्व मिर्गौला दिवस

मानव अंग प्रत्यारोपणमा मनाइयो विश्व मिर्गौला दिवस


भक्तपुर—भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा विश्व मिर्गौला दिवस मनाइएको छ । बिहीबार ‘मिर्गाैला स्वास्थ्य जहाँ सुकै जो सुकैको लागि, रोकथामदेखि पहिचान र उपचारमा समान पहँुच’ भन्ने नाराका विश्व मिर्गौला दिवस मनाइएको हो ।

उक्त कार्यक्रमको प्रमुख अतिथी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे रहेका थिए । कार्यक्रमको अध्यक्षता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका श्रीमान् सचिव यादवप्रसाद कोइरालाले गरेका थिए । उक्त कार्यक्रममा भक्तपुर नगरपालिकका मेयर सुनिल प्रजापती, बेलायतको फ्रिम्यान हस्पिटलका प्रा डा डेभिड टल्बट, बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कुशकुमार जोशी, प्रा डा रजनी हाडा, प्रा.डा गुणकुमार श्रेष्ठ, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र प्रत्यारोपण गरिएका व्यक्ति, कलाकार, पत्रकार तथा समाजसेवीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

उक्त अवसरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले वर्तमान विश्वमा नसर्ने रोग मृत्युको प्रमुख कारण भैसकेको र नेपालमा नसर्ने रोगबाट धेरै व्यक्तिहरु अकाल मृत्युको शिकार हुने गरेको उल्लेख गर्दै प्रमुख कारण मुटु, क्यान्सर, मिर्गौला, कलेजोको रोग रहेको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाज्यूले स्वस्थ्य रहनको लागि खानपान र आयाम व्यायाममा ध्यान दिनुपर्ने कुरा बताए । उनले स्वास्थ्यकर्मीहरुले बिरामीलाई दिएको सल्लाह सुझाव नमानी आफ्नो स्वास्थ्यमा हेचेक्राइ गरी बिरामी भए आएतापनि नम्र भएर उपचार दिने गरेकोमा प्रशंशा गरे ।

कार्यक्रमका अर्का वक्ता प्रा डा रजनी हाडाले पिसाव जचाउ मृर्गौला बचाउ भन्ने नारा जनमानसमा व्यापक रुपमा फैलाउनुपर्ने बताइन् । बेलायतबाट आएका प्रत्यारोपणविद् प्रा डा डेभिड टल्बटले नेपालले प्रत्यारोपण क्षेत्रमा हासिल गरको प्रगतिमा सन्तोष व्यक्त गरे । बेलायतमा उनको मातहतमा तालिम प्राप्त गरेका डा. पुकारचन्द्र श्रेष्ठ र अरु नेपाली चिकित्सक टोलिको प्रशंसा गर्दै अंग दान क्षेत्रमा मस्तिष्क मृत्यूबाट हुने अंगदान र मुटुको धड्कन बन्द भएपछि अंगदान गरी सफलताका साथ प्रत्यारोपण गर्न सकिने हुँदा विशेष ध्यान दिनुपर्ने बताए ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख डा पुकार चन्द्र श्रेष्ठले सरकारले अंगदान र अंग प्रत्याारोपण कानून विश्वकै उदार भएको जानकारी दिँदै सबैले निसंकोच दान गर्नुपर्ने र लैंगिक भेदभाव कम गर्न पनि सबैबाट अंगदान गर्नुपर्ने जरुरी भएको कुरामा जोड दिए । कार्यक्रममा सहभागी सवै बक्ताले प्रधानमन्त्रीको स्वदेशमा नै मिर्गौला प्रत्यारोपण भएकोमा खुशी व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । विश्व मिर्गौला दिवस हरेक वर्ष मार्च महिनाको दोस्रो बिहिवार विश्वभर मनाइन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ