२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोविड १९ सर्तकताः स्वास्थ्यकर्मीले प्रसुती र किरिया विदा बाहेक अन्य विदा वस्न नपाइने

कोविड १९ सर्तकताः स्वास्थ्यकर्मीले प्रसुती र किरिया विदा बाहेक अन्य विदा वस्न नपाइने


काठमाडौ–सरकारले विश्वव्यापी रुपमा कोभिड १९को महामारी फैलिएको र नेपाल पनि उच्च जोखिममा रहेको भन्दै स्वास्थ्यकर्मीलाइ प्रसुति र किरिया विदा वाहेक अन्य विदा नदिने निणय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार सचिव स्तरीय निर्णय गर्दै अति अवश्यक अवस्थामा पनि वैकल्पिक व्यवस्था गरेर मात्र विदा स्वीकृत गर्न गराउन निर्देशन दिएको छ । मन्त्रालयले अर्काे सूचना जारी नहुन्जेल सम्मलाइ विदा नदिने निर्णय गरेकाे हाे ।

कोविड १९ को संक्रमण विश्वमानै फैलिरहेको र त्यसमा सर्तकता अपनाउनुपर्ने भन्दै विदा नबस्न भनेको हो ।

सरकारले संसारमा कोभिड—१९ ले महामारीको रुप लिएपछि बढी प्रभावित भएका ८ वटा देशको अनअराइभल भिसा स्थगन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीन, इरान, इटली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेन गरी ८ वटा देशको अनअराइभल भिसा स्थगन गरेको जानकारी दिएको हो ।

यस्तै, सरकारले कोभिड—१९ को उच्च जोखिम भएका देशहरुबाट आउने यात्रुलाई रोग नभएको प्रमाणित कागजात लिएर आउने प्रावधान अनिवार्य गरेको छ । कोभिड—१९ जोमिख न्यूनीकरणका लागि गरिएको पूर्व तयारीहरुबारे जानकारी दिन जारी गरिएको उक्त विज्ञप्तिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति बनेको र त्यसले विभिन्न समितिहरु बनाएर काम गरिरहेको जनाइएको छ ।

उच्च जोखिम भएका मुलुकबाट आउने यात्रुलाई विमानस्थलमा स्क्रिनिङ र स्व घोषणा फारम भर्ने कार्यलाई अनिवार्य गरिएको जनाइएको छ । यस्तै, मन्त्रालयले चीन र भारत जोड्ने सीमा ४३ वटा हेल्थ डेस्क स्थापना गरेर नेपाल प्रवेश गर्ने व्यक्तिको स्क्रिनिङ तथा स्वास्थ्य परिक्षण थालिएको, कोभिड—१९ को संक्रमणको निगरानी, रोकथामका लागि १८ जना सर्विलेन्स अफिसेज खटाउने तयारी भएको, देशभर जनचेतनामूलक जानकारीहरु प्रवाह गरिएको, आइसोलेसन वेड, औषधि, उपकरण र जनशक्तिको अनुमानसहित योजना बनाइएको जनाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ