२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘कोभिड १९’ नियन्त्रणका लागि सरकारले अवलम्वन गरिरहेको आठ क्षेत्र

‘कोभिड १९’ नियन्त्रणका लागि सरकारले अवलम्वन गरिरहेको आठ क्षेत्र


काठमाडाैं – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) कोरोना नियन्त्रणको लागि आठवटा क्षेत्रमा केन्द्रित भएर काम गर्न सुझाव दिएको छ । नेपाल जस्ता देशले एकैपटक धेरै केस देखियो भने क्षमताले धान्न नसक्ने भन्दै सुरुवातमै नियन्त्रणको लागि विश्व स्वास्थ्य संगठनले यस्तो सुझाव दिएको हो ।

संगठनले यस अघि नै नेपाल कोरोनाका उच्च जोखिमको देशको रुपमा उल्लेख गरी सकेको छ । मन्त्रालयका सह-प्रवक्ता सागर दाहालले कोरोना जुनसुकै समय पनि भित्रन सक्ने भन्दैे एकैपटक धेरै संक्रमित हुन नदिन सरकारले काम गरिरहेको बताए । त्यसका लागि सरकारले विश्व स्वास्थ्य संगठनले दिएका आठ बुदे सुझावअनुसार काम गरिरहेको उनको भनाइ छ ।

यी हुन आठवटा क्षेत्र, के हुदैछ काम ?

१. समन्वययोजना तथा अनुगमन

‘कोभिड १९’ मा राज्यभित्रको समन्वयकस्तो रहेको छ त्यसमानिर्भर रहन्छ । हरेक मन्त्रालय, हरेक राजनीतिकदलहरुको समन्वयआवश्यक पर्छ । नेपालमा पनि कोरोना नियन्त्रणमा समन्वयको कामनिकै राम्रो भएको छ । प्रधानमन्त्रीले प्रत्यक्ष चासो राखेको देखिन्छ । उप-प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय समिति बनेको छ । सर्वदलीय बैठक समेत बसेको छ यो भन्दा राम्रो समन्वयहुन सक्दैन ।

२. जोखिम व्यवस्थापन तथा समुदायको सहभागीता

जोखिम व्यवस्थापनमा सञ्चार माध्यमले ठुलो सहयोग गरेको छ । भलै केहि सञ्चार माध्यमले आतंक सृजना गराउने काम गरे तर, समग्रमा कोरोना नियन्त्रणमा सञ्चार माध्यमले ठुलो सहयोग गरेको छ । यति गर्दा गर्दै पनि जनता कोरोनाको त्रासमा देखिएका छन् । यस्ता त्रास सृजना गर्ने निकायलाई सु-सुचित गराउनु जरूरी देखिन्छ । यसो नगरेको खण्डमा कोरोनाको त्रास झनै बढ्दै जानेछ । जनताले पनि निकै ठुलो चासो कोरोनामा राखेका छन् । उनीहरुलाई सु-सुचित गराउन टोल-टोलमा कोरोना बारे जानकारी गराउनु पर्ने अवस्था छ । ब्रोसरहरु बितरण गर्नेकामपनिआवश्यक छ ।

३. रोगको अनुसन्धान (निगरानी)

निगरानीभनेको कोरोना हेर्ने मात्रै हैन कसरी हुन्छ फैलनै नदिन चाडो पत्तालगाउने हो । अहिले सम्महामीले ४५६ जनामाकोरोना छैन भनेका छौ ।बिरामीको संख्यागतवर्षको भन्दा बढेको छैन । कुनै पनि बिरामीआइसियुमा मरेको जानकारी आएको छैन । एकै ठाउँमा धेरै ज्वरो आएको देखेर परिक्षण गरिएका हुम्ला, दोलखा, सिन्धुपाल्चोक, गोरखाको नमुनामा पनि इन्फ्लुएन्जा मात्रै देखिएको छ । तर, यतिले मात्रै पुगेनकी भनेर परिक्षणको दायरा फराकिलो बनाउन पर्छ र धेरैको नमुना परिक्षण गर्नुपर्छ भन्नेमा मत देखिन्छ।

अहिले तीनथरीका व्यक्तिको कोरोना जाँच हुदै आएको छ । पहिला आइसियुमा बसेका बिरामी, दोश्रो विदेशबाट आएका र अन्तिम भोलेन्टरी रुपमाआफै मलाई कोरोना जाँच गर्दिनु भनेर आएकालाई । कडाखालको श्वासप्रश्वासको समस्या भएका बिरामीको नमूना लिएको हुन्छ । त्यस्ता व्यक्तिहरुको नमूना हरेक हप्ता इन्फ्लुएन्जा सेन्टरमा आउँछ ।अब उनीहरुको पनि कोरोना परिक्षण गरिने भएको छ । आइसियुमा भएका दश अस्पतालका बिरामीलाई पनि कोरोना परिक्षण गरिने भएको छ ।

४ . अन्तराष्ट्रिय नाका

कुनै पनि व्यक्तिमा एउटा मात्रै केस देखियो भने त्यो सहर पुरा बन्द गराउने प्रावधान छ । तर, कोरोना नै नदेखिएको अवस्थामा पूर्णरुपमा बन्द गराउने कुरा आउँदैन । त्यसका लागि संक्रमित पत्ता लगाउनु पर्ने हुन्छ। संक्रमित पत्तालगाउन अन्तराष्ट्रिय नाका, विमानस्थलहरुको चेक-जाँचमा कडाई गरिएको हो । विदेशबाट आउनसक्ने जोखिमलाई सरकारले विभिन्न बाहनामा कम गराएको छ । भारतसँग जोडिएका १ सय २९ नाकामा ४१ वटा मात्रै हेल्प डेस्क संचालनमा रहेका छन् । त्यसलाई पनि घटाएर २० वटामा झार्नुपर्छ भन्ने छ । सरकारको यो निर्णयले पनि नेपाल प्रवेशलाई केही सुरक्षित गरेको छ ।

५ . प्रयोगशाला परिक्षण

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले एक हप्तामा ४ हजारसम्म परिक्षण गर्न सक्नेछ । यसलाई बढाउनु पर्ने देखिन्छ । जसका लागि प्रयोगशालाहरु थप गर्नुपर्छ भनिएको छ । सोहीअनुसार सुची तयार हुदैछन् । कतिपयले परिक्षण गर्न नसक्ने तर जनशक्ति व्यवस्थापन गर्ने वचन दिएका छन् यसो गर्दा पनि केन्द्रिय प्रयोगशालाले आफ्नो परिक्षण क्षमता बढाउँछ ।

६. संक्रमण रोकथाम तथा नियन्त्रण

संक्रमण देखिएको खण्डमा त्यसलाई नियन्त्रण गर्न राज्यले विशेष निर्णय लिनुपर्छ । अन्य देशका नागरिक नेपाल प्रवेशमा रोक लगाउने । आफ्ना नागरिकलाई बाहिर निस्कन नदिने यी कामहरु गर्नुपर्छ । त्यसबेला राज्यले विद्यालयहरु पनि बन्द गराउनुपर्छ । सरकारले तयारी अवस्थामा रहेको र एउटा मात्रै केस देखिएको खण्डमा सिल्ड हुने प्रतिबद्दता जनाएको छ।

७. रोग व्यवस्थापन

यो भनेको अस्पतालहरुको व्यवस्थापन हो । हामीले अहिले अस्पतालहरुसँग छलफल गरिरहेका छौं । उनीहरुसँग भएका बेड, आइसियु, भेन्टिलेटर जनशक्तिको लिष्ट माग गरेका छौं । केही दिन भित्रमा आउँनेछ ।

८. आपूर्ती तथाकार्य संचालन

अहिले स्वास्थ्यमन्त्रालय मात हतका निकायसंगसँग आवश्यक पर्ने उपकरण छन् । अभाव नहोस् भनेर कोरोना परिक्षण किट, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) पनि छ । तर, भएको उपकरणले पुग्दैन त्यसैले १५ सय संक्रमितलाई पुग्ने उपकरण खरिदका लागि २८ करोड बजेट निकासा भएको छ । आवश्यक परे पुन माग हुनेछ । कोरोना नियन्त्रणका लागि कार्यहरु भइरहेका छन् । १२९ नाका मध्ये ४१ नाकामा परिक्षण कडा पारिएको छ । त्यसलाई अझै घटाउने काम हुदैछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ