२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘कोभिड १९’ को नियन्त्रणका लागि वागमती र कर्णाली प्रदेशले छुट्टाए ३-३ करोड बजेट

‘कोभिड १९’ को नियन्त्रणका लागि वागमती र कर्णाली प्रदेशले छुट्टाए ३-३ करोड बजेट


काठमाडौं – कोभिड १९ नियन्त्रणको लागि सातै प्रदेशले बजेट छुट्याएर नै तयारी गरिरहेको संघिय सरकारलाई जानकारी गराएका छन् । कोरोना नियन्त्रण उच्च स्तरीय समितिको आग्रहमा आइतबार प्रधानमन्त्री कार्यालयस्थित बसेको वैठकमा सातै प्रदेशका मुख्य मन्त्री र सामाजिक मन्त्रीहरुको बैठकमा सातै प्रदेशले वजेट छुट्याएर काम अघि बढाएको जानकारी दिएका हुन् ।

उक्त वैठकमा ७ प्रदेश मध्ये वागमती प्रदेश र कर्णाली प्रदेशले तीन-तीन करोड छुट्याइसकेको जानकारी दिएका छन् भने अन्य प्रदेशले पनि छुट्टै बजेट निकासा गरेको जानकारी दिए । उच्च स्तरीय समितिले कोरोना नियन्त्रणको लागि केन्द्रमा भइरहेको प्रयास र प्रदेश तथा स्थानीय तहले गर्नुपर्ने कामका विषयमा छलफल भएको थियो।

मुख्य मन्त्रीहरुले प्रदेशले गरीरहेको तयारी र भएका समस्याहरुका विषयमा जानकारी दिएको बैठकमा सहभागी स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले बताए ।

बैठकमा अधिकांश प्रदेश प्रमुख र सामाजिक विकास मन्त्रीहरुले तयारी सामाग्री पर्सनल प्रोटेक्सन इक्युप्मेन्टहरु उपलब्ध नभएको, माक्सको अभाव रहेको, स्वास्थ्यकर्मीहरुको सामाजिक सुरक्षा नभएको विषय उठाएका थिए ।

त्यसैगरी, अस्पतालहरुमा ‘आइसियु’ र ‘आइसोलेसन वार्ड’ तयारी राखेको समेत जानकारी गराएका थिए । समितिका संयोजक उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेलको अध्यक्षतामा बसेको सो बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले केन्द्रिय सरकारले कोरोना नियन्त्रणको लागि विश्व स्वास्थ्य संगठनले तोकेको क्षेत्रलाइ आधार मानेर तयारी गरीरहेको बताएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ