२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकपनमा मास्क कालोबजारी गर्ने ५ जना पक्राउ

कपनमा मास्क कालोबजारी गर्ने ५ जना पक्राउ


काठमाडौं – काठमाडौं कपनस्थित मिलन चोकबाट एक लाख अठसाट्ठी हजार थान मास्क बरामद भएको छ । ३ देखि २५ रुपैयाँ पर्ने मेडिकल मास्क ३१ रुपैयाँमा बेचिरहेको खबर पाएको आधारमा काठमाडौंबाट खटिएका प्रहरीले कपनस्थित मिलनचोकबाट मास्क सहित ५ जना व्यापारीलाई नियन्त्रणमा लिएको हो।

त्यस्तै, सोमबार विहान विष्णुमति पुलस्थित घर भाडामा लिई एक सप्लायर्स कम्पनीको नाममा गोदाम सञ्चालन गरी लुकाएको आठ लाख चालिस हजार थान मास्क बरामद गरी आवश्यक प्रक्रिया अघि बढाईएको प्रहरीले सोमबार विज्ञप्ति जारी गरी बताएको छ।

विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना प्रकोपबाट जोगिन मास्क र स्यानिटाइजरको प्रयोग गर्न आम सर्वसाधारणलाई प्रशासनबाट अनुरोध भईरहेको समयमा बजारमा दैनिक उपभोग्य तथा औषधी जन्य सामानहरुको कृतिम अभाव खडा गरी कालो बजारी हुन सक्ने अवस्थालाई मध्यनजर गरेर महानगरीय प्रहरी परिसर, काठमाडौंबाट विभिन्न स्थानमा प्रहरी खटिएका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ