२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सक कुटपिटको चौतर्फी आलोचना, चिकित्सक संघको ४८ घण्टे अल्टिमेटम

चिकित्सक कुटपिटको चौतर्फी आलोचना, चिकित्सक संघको ४८ घण्टे अल्टिमेटम


बुटवल –भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) मा चिकित्सक माथि अज्ञात समुहबाट कार्यस्थलमै भएको आक्रमणको चौतर्फी विरोध भएको छ । सोमवार बिहान अस्पतालका आवासीय चिकित्सक अर्चन घिमिरेलाई करिव १० जनाको समुहमा आएका अज्ञात व्यक्तिहरुले आक्रमण गरेका हुन् ।

घिमिरेलाई आक्रमण गर्ने क्रममा छुट्याउन खोज्दा अस्पतालका सुरक्षा प्रमुख श्याम केसी पनि घाइते भएका छन् । घाइते दुवैको उपचार अस्पतालमै भैरहेको छ । उनीहरुले अस्पताल परिसरमा भेटिएका चिकित्सकहरुलाई कुटपिट गर्दै हिडेको मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङ्गले बताए । त्यो समुहले कलेज अगाडी भेटिएका करिब १४ जना चिकित्सकहरु माथि आक्रण गरेको बताइएको छ ।

घिमिरेका अनुसार अस्पतालमा शुक्रवार राति ब्रेन ह्यामरेज भएर उपचार गर्न आएकी नवलपरासी बर्दघाटकी ५० वर्षिया यमकुमारी राना बुढामगरको मृत्युको बिषयलाई लिएर विवाद उत्पन्न हुँदा उक्त घटना भएको हो । बुढामगरलाई वान्ता आउने, टाउको दुख्ने र बर्वराउन थालेपछि उपचारका लागि मेडिकल कलेजको न्युरो वार्डमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा सिटी स्क्यान गर्दा रगत जमेको देखिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । उनको अवस्था गम्भीर बन्दै गएपछि आइसियुमा राखेर थप उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

चिकित्सकका अनुसार अन्तिमसम्म उनलाई बचाउने कोशिस गर्दा पनि बचाउन सकिएन । यसमा आफूहरुको कुनै दोष नरहेको चिकित्सकको भनाइ छ । तर मृतकका आफन्त यसमा चिकित्सकहरुको लापरवाही रहेको दाबी गर्छन् ।

बुढामगरको मृत्यु भएपछि उनको परिवारले शव उठाउने तयारी गरिरहेको बेला अज्ञात व्यक्तिहरु जवरजस्ती आइसियुमा प्रवेश गरी चिकित्सक घिमिरेलाई पिट्दै बाहिर निकालेका हुन् । घिमिरेले उक्त बिरामीको उपचार आफुले गर्ने नभई वरिष्ठ न्युरोसर्जन डा राजकुमार केसी र न्युरोसर्जन डा जयदेव चन्दले गर्ने भएकोले आफु त्यहाँ आवासीय चिकित्सकको रुपमा बिरामीलाई हेरेको बताए । घटना पछि पिडीत पक्षले शब बुझेर लगेका थिए ।

अस्पतालका चिकित्सकमाथि हातपात भएको भन्दै अस्पतालको ओपीडी सेवा डाक्टरहरूले बन्द गराएका छन् । ओपीडी सेवा बन्द गर्दा उपचार सेवा प्रभावित भएको छ । डाक्टरहरूले सुरक्षा र हातपात गर्ने बिरामीका आफन्तमाथि कारबाहीको माग गरेर पेन डाउन गरेको अस्पताल प्रशासन प्रमुख तेज के.सी.ले बताए ।

नपाल चिकित्सक संघ लुम्बिनी शाखाका महासचिव डा सन्तोष पोखरेलको नेतृत्वमा चिकित्सकहरुको टोली जिल्ला प्रशासन कार्यालय पुगी घटनामा संलग्नलाई पक्राउ गरि कार्वाहीको माग गरेको छ । पोख्रेल नेतृत्वमा पुगेको टोलीले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको हो । संघले घटनाप्रति गम्भीर भएको जनाउँदै दोषी उपर कारवाहीको माग गरेको छ । प्रजिअ संगको छलफल पछि जारी विज्ञप्तिमा दोषी पत्तालगाउन ४८ घण्टाको चेतावानी दिइएको छ । ४८ घण्टा भित्र दोसीलाइ कार्वाही नगरेमा प्रदेश अन्र्तगतका सवै स्वास्थ्य संस्थामा आन्दोलन गरीने उनले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ