२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘कोभिड १९’ तयारी : १ सय २० आइसियु निर्माण गर्न साढे ७३ करोड खर्च प्रस्ताव

‘कोभिड १९’ तयारी : १ सय २० आइसियु निर्माण गर्न साढे ७३ करोड खर्च प्रस्ताव


काठमाडौं – कोरोना भाइरस अर्थात (कोभिड १९)को तयारीको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसियु निर्माण गर्न साढे ७३ करोड खर्च प्रस्ताव गरेको छ। सरकारले निर्माण गर्ने भनिएको १ सय २० वेडसहितको आइसियुका लागि ७३ करोड ५० हजार खर्च लाग्ने प्रस्ताव मन्त्रालयले तयार गरेको हो ।

‘कोभिड १९’को उपचारको तयारी गर्न काठमाडौं उपत्यका र धरानमा गरी १ सय २० वेड आइसियु तयार गर्ने तथा उक्त भाइरस संक्रमणको नियन्त्रण गर्न अन्य विभिन्न तयारी गर्ने निर्णय उच्चस्तरीय समितिको सोमवार बसेको बैठकले गरेको थियो ।

सोहीअनुसार उपचार तथा रोकथामका लागि ५ वटा अस्पतालमा आइसियु वेड थप्न लागिएको अस्पताल तयारी समितिका संयोजक समेत रहेका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलको नेतृत्वमा बनेको टोलीले सो प्रस्ताव तय गरेको हो । सो प्रस्ताव अर्थ मन्त्रालयमा पठाउने तयारी रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

समितिले तयार पारेको प्रस्तावमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ४० वेड आइसियु निर्माणको लागि २३ करोड ५० लाख प्रस्ताव गरीएको छ । त्यसैगरी, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, शसस्त्र प्रहरी अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २०-२० वेडका आइसियु थप गर्न १२ करोड ५० लाखका दरले खर्च हुने प्रस्ताव तयार गरीएको हो ।

समितिले १ सय २० आइसियु संचालन गर्न एनेस्थेसीया ४ जना, क्रिटिकल केयर या इन्टरनल मेडिकल ४ जना विशेषज्ञ, मेडिकल अफिसर १६ जना, नर्सिङ्ग अफिसर ८ जना, नर्स १०० जना, एड्मिनिष्टेसन स्टाफ १० जना र स्वीपर १५ जना आवश्यक पर्ने समेत उल्लेख गरेको छ । सो जनशक्ति परिचालनको लागि २ करोड ५० लाख लाग्ने समेत उल्लेख गरेको छ ।

सशस्त्र प्रहरी अस्पतालबाट आएको प्रस्तावका आधारमा

  • औषधी इक्युप्मेन्ट ४ करोड ८४ लाख ७४ हजार ७००
  • जनशक्ती २ करोड ५० लाख
  • अन्य व्यवस्थापकिय खर्च १० करोड
  • जम्मा ७३ करोड ५० लाख आइसियु स्थापना कोलागि
  • शुक्रराज ट्रपिकल ४० वेडकोलागि २३ करोड ५० लाख
  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल २० वेड १२ करोड ५० लाख
  • सशस्त्र प्रहरी अस्पताल २० वेड १२ करोड ५० लाख
  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान १२ करोड ५० लाख
  • वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान १२ करोड ५० लाख


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ