२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारटेकु अस्पतालले सुरु गर्‍यो कोरोना डेस्क

टेकु अस्पतालले सुरु गर्‍यो कोरोना डेस्क


काठमाडौं—कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोना डेस्क संचालनमा ल्याएको छ । एक व्यक्तिबाट अर्कोमा फैलने दर धेरै भएकाले अस्पतालले छुट्टै उपचार गर्न कोरोना डेस्क संचालनमा ल्याएको हो ।

नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा अस्पतालले बुधबारदेखि अस्थायी डेस्क संचालन गरेको हो । कोरोना आशंका गरिएका बिरामीहरुको मात्रै सो डेस्कमा स्वास्थ्य जाँच गरिनेछ । चिकित्सकहरुले बताएअनुसार कोरोना प्रभावित देशबाट आएका त्यसमा पनि लक्षण देखिएका व्यक्तिहरुलाई मात्रै जाँच गरिनेछ । मुख्यगरी ज्वरो, सुख्खा खोकी, श्वासप्रश्वासमा समस्या भई श्वास फेर्न कठिन भएका बिरामीहरुको उक्त डेस्कमा परिक्षण हुनेछ ।

बिरामीको सुरक्षाका लागि छुट्टै कोरोना डेस्क संचालनमा ल्याएको अस्पतालले जनाएको छ । सो डेस्कमा एक एम्बुलेन्स पनि तयारी अवस्थामा रहनेछ । गत वर्ष डेंगुको महामारीका बेला पनि अस्पतालले डेंगु डेस्क संचालन गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ