२०८१ भदौ ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदादुरा-रुवेलाको खोप अभियानको दोस्रो चरण १० दिन अगाडि सकिने

दादुरा-रुवेलाको खोप अभियानको दोस्रो चरण १० दिन अगाडि सकिने


काठमाडौं – चैत्र १ गतेबाट चलिरहेको दादुरा रुवेलाको दोश्रो चरणको खोप अभियान १० दिनअघि नै सक्ने तयारी भएको छ । विश्वभर कोरोनाको महामारी फैलिएसँगै दादुरा अभियानलाई १० दिन अगाडि सारिएको हो ।

चैत ३० गतेसम्मको सन्चालन गर्ने तालिका रहेको उक्त १ महिने खोप अभियान चैत्र २० भित्र सकिने लक्ष्य लिएको बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमूख झलक शर्मा गौतमले बताए। उनले भने, ‘माघ १० गते यता कुनै पनि व्यक्तिमा कोरोना सक्रमण नदेखिएकोले तत्काल खोप अभियान स्थगित नगरी केहि समय अगाडि सारिएको छ। अभियान कै क्रममा कसैमा कोरोना संक्रमण देखिए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे सोच्ने छ। हामी सचेत छौ।’

दोस्रो चरणमा बागमती, गण्डकी, कर्णालीर सुदूरपश्चिम प्रदेशमा खोप अभियान सञ्चालन भैरहेको छ । दोस्रो चरणमा करिब ३० लाख बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ ।

राष्ट्रिय अभियानहरु पहिलो २००४, दोश्रो २००८, तेश्रो २०१२, चौथौ २०१६ मा आयोजना गरिएको थियो । हरेक ४-४ वर्षमा गरिने यो अन्तिम चरणको खोप कार्यक्रम हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ