२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘कोभिड–१९’ भय : ‘एन्जाइटी’ को समस्या लिएर अस्पताल धाउनेको संख्या बढ्दो

‘कोभिड–१९’ भय : ‘एन्जाइटी’ को समस्या लिएर अस्पताल धाउनेको संख्या बढ्दो


काठमाडौं – नेपालमा ‘कोभिड–१९’ को भयका कारण ‘एन्जाइटी’ का विरामी पनि देखिन थालेको छ । सरकारी स्तरबाट विशेष रुपमा रोकथाम तथा सर्तकताका उच्च सावधानी अपनाउने कार्यक्रमहरु सञ्चालन हुँदै गर्दा ‘कोभिड–१९’ भयका कारण ‘एन्जाइटी’ हुने बिरामीको संख्या देखिन थालेको हो ।

मनोवैज्ञानिक समस्या लिएर परामर्शको निम्ति मानिसहरु पाटन मानसिक अस्पताल धाउन थालेको पाटन मानसिक अस्पतालका प्रमुख कन्सल्टेट साइक्याट्रिस्ट डा. अनन्तप्रसाद अधिकारी बताउँछन्।

‘गत साता देखि कोभिड–१९ को भयका कारण ‘एन्जाइटी’का समस्या लिएर परामर्शको निम्ति केहि बिरामी स्वास्थ्य जाँचको लागि आउन थालेका छन् ।’ उनले भने, ‘यसरी परामर्शको निम्ति आएका अधिकांश बिरामीमा निन्द्रा नलाग्ने, सामान्य रुघाखोकिमा पनि कोरोनाको संक्रमण हो कि भन्ने डर हुने, छट्पटिने तथा भीडभाडमा जान डराउने जस्ता समस्याहरु साझा रुपमा देखिएका छन् ।’

उनले थपे, ‘कोरोना संक्रमणबाट बच्नको निम्ति विभिन्न सुरक्षा एवम् सर्तकताका उपायहरु त अपनाउनु पर्छ नै, यससँगै आत्मबलमा पनि रोगसँग लड्न सक्ने क्षमता भएकाले आत्मबलमा कमी आउन दिनु हुँदैन।’

विश्वव्यापी रुपमा फैलिरहेको ‘कोभिड–१९’को संक्रमणबाट बच्नको निम्ति विभिन्न मुलुकले उच्च सर्तकता अपनाइरहेका छन् । यससँगै नेपाल सरकारले पनि सर्तकता एवम् जनचेतनाका विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ। यसैवीच जन स्वास्थ्यलाई मध्यनजर गर्दै नेपाल सरकारले हुन् लागेको एसईई तथा त्रिवि लगायतका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ।

पछिल्लो अंग्रेजी वर्ष सन् २०१९ को अन्त्यतिर चीनको वुहान प्रान्तबाट देखिएको यस भाइरसले हाल विश्वमा नै महामारीको उग्र रुप लिएको छ । पछिल्लो तथ्याङ्क अनुसार विश्वभर गरेर २ लाख १९ हजार ५ सय ४८ कोरोना संक्रमित छन् भने ८ हजार ९ सय ७१ जनाको मृत्यु भईसकेको छ। ८ हजार ९ सय ७१ कोरोना संक्रमित पुन स्वस्थ भएर घर फर्किएका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ