२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी विदा बस्न नपाउने

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी विदा बस्न नपाउने


काठमाडौं-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले कोरोना भाइरस (कोभिड-१९) को उपचार सेवा प्रभावकारी रुपमा प्रवाहित गर्न कर्मचारीलाई विदा नदिने भएको छ ।

प्रतिष्ठानले बिहीबार एक सर्कुलर जारी गर्दै प्रतिष्ठानमा कार्यरत सम्पूर्ण कर्मचारीलाई अर्को सूचना जारी नभएसम्म विदाको लागि नछोड्न र सिफारिस नगर्न भनेको छ ।  प्रतिष्ठानले सरकार र प्रतिष्ठानको निर्णयअनुसार यो व्यवस्था लागु गरिएको जनाएको छ ।

प्रतिष्ठानको अस्पताल प्रशासनले जारी गरेको उक्त सर्कुलरमा सम्पूर्ण विभागमा राखिने बताइएको छ । साथै, उक्त हाजिरी महिनाको अन्तिममा विभागीय प्रमुखले हाजिरी प्रमाणित गरी अस्पताल प्रशासनमा बुझाउनुपर्नेछ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ