२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयले चीनसँग माग्यो अत्यावश्यक उपकरणसहितका १५ सामाग्री

स्वास्थ्य मन्त्रालयले चीनसँग माग्यो अत्यावश्यक उपकरणसहितका १५ सामाग्री


काठमाडौं—खरिद गर्दा तत्काल अत्यावश्यक उपकरण नआउने देखेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मित्र राष्ट्र चीनसँग उपकरणसहितका १५ सामाग्री माग गरेको छ । केही दिनअघि चीन सरकारले नेपाललाई आवश्यक सामाग्री सहयोग गर्न तयार रहेको बताएको थियो ।

त्यस लगत्तै स्वास्थ्य मन्त्रालयले अत्यावश्यक उपकरण र सामाग्रीको सूची बनाएर परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई पठाएको छ । तर, सूची स्वीकृत भएको जानकारी भने आइसकेको छैन ।

स्वास्थ्य मन्त्रालयले २० हजार थान पर्सनल प्रोटेक्टीभ इक्वीपमेण्ट, २० हजार थान एन ९५ मास्क, १०० थान पोर्टेबल भेन्टिलेटरलगायतका विभिन्न १५ अत्यावश्यक सामाग्री माग गरेको हो । जसमा मेडिकल सुविधासहितको मोबाइल एम्बुलेन्ससहित रिएजेन्ट फर कोरोना भाइरस आइडेन्टिफिकेसनसम्मका सामाग्री रहेका छन् ।

यी हुन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनसँग मागेका १५ अत्यावश्यक उपकरण

पर्सनल प्रोटेक्टिभ इक्वीपमेण्ट– २०,००० थान

एन ९५ मास्क – २०,००० थान
पोर्टेबल भेन्टिलेटर – १०० थान
मोनिटर– २,००० थान
एबिजी मेसिन– २० थान
भाइरल डिटेक्टिङ पिसिआर मेसिन– २० थान
अक्सिजन प्लान्ट– ५ थान
रिएजेन्ट फर कोरोना भाइरस आइडेन्टिफिकेसन– १०,००० थान
इन्ट्युवेटिङ सेट– २,००० थान
इन्फेक्सस डिजिज मोबाइल एम्बुलेन्स– ७ थान
सिआरआरटी मेसिन– २० थान
पिसिआर किट्स– २,००० थान
थर्मल थर्मो्मिटर– १,००० थान
थर्मो स्क्यानर– १० थान
मेडिकल सुविधासहितको मोबाइल एम्बुलेन्स– ५ थान


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ