२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअत्यावश्यक सुरक्षा उपकरणको व्यवस्था मिलाउन नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको माग

अत्यावश्यक सुरक्षा उपकरणको व्यवस्था मिलाउन नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको माग


काठमाडौं—नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले विश्वमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड—१९) विरुद्ध लडन स्वास्थ्यकर्मीहरु अग्रमोर्चामा रहने भएकाले उनीहरुका लागि अत्यावश्यक सुरक्षा उपकरणको सहज व्यवस्था मिलाउन माग गरेको छ ।

बिहीबार युनियनले एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाल सरकार, स्वास्थ्य सेवा प्रदायक संस्थाहरुसँग यस्तो माग गरेको हो ।

युनियनका अध्यक्ष चन्द्र थापाले जारी गरेको उक्त विज्ञप्तिमा यो महामारीलाई नियन्त्रण गर्न सक्षम, प्रतिवद्ध र विश्वासिला स्वास्थ्यकर्मी तथा कर्मचारी भएतापनि सुरक्षा उपकरण तथा सुरक्षा तालिम बिना काम गर्न बाध्य पारिएकोले परिणाम कहालीलाग्दो बन्दै गरेको जनाइएको छ ।

साथै, महामारीसँग लडन नेपाली स्वास्थ्यकर्मी तथा कर्मचारीहरु अग्रपंक्ति रहने पनि विश्वास लिएको छ । युनियले सबै नेपाली नागरिकलाई भयरहित रुपमा सुरक्षित रहन तथा संक्रमण हुन सक्ने स्थलमा अत्यावश्यक अवस्थाबाहेक नजान समेत अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ