२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभियतनामी साथीको त्यो फोनले पत्ता लगाएको कोभिड—१९ को ‘दोस्रो केस’

भियतनामी साथीको त्यो फोनले पत्ता लगाएको कोभिड—१९ को ‘दोस्रो केस’


काठमाडौं—४ चैत्रमा पढाइका शिलशिलामा फ्रान्स पुगेकी १९ वर्षीया युवती कतारको दोहा हुँदैं काठमाडौं ओर्लिन्छन् । फ्रान्समा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण बढ्दैं गएका बेला उनी एक भियतनामी साथीसँगै दोहासम्म आएकी थिइन् । दोहाबाट उनी काठमाडौंतर्फ लागिन्, भने साथी भियतनामतर्फ ।

४ चैत्रमा घर फर्केपछि ‘सेल्फ क्वारेन्टाइन’मा बसेकी उनी शुक्रबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीसँग सम्पर्क गर्छिन् । डा. राजभण्डारीसँग सम्पर्क गर्नुको कारण हुन्छ—अघिल्लो साँझ उनको मोबाइलमा भियतनामी साथीले गरेको फोन कल । फोनमा उनका भियतनामी साथीले आफू क्वारेन्टाइनमा रहेको र परीक्षण गर्दा कोभिड—१९ पोजेटिभ देखिएको जानकारी दिन्छन् ।

सँगै आएको साथीमा कोभिड—१९ पोजेटिभ भएको जानकारी पाएपछि डा. राजभण्डारीले उनलाई अस्पताल बोलाएर ‘थ्रोड स्वाब’ जाँच गर्न लगाए । शुक्रबार लिइएको ‘थ्रोड स्वाब’को राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पोलीमेरेज चेन रियाक्सन (पिसिआर) गर्न पठाइयो । आइतबार रिपोर्ट आउँदा उनमा पनि कोभिड—१९ पोजेटिभ देखियो । अस्पतालका निर्देशक डा. राजभण्डारीकाअनुसार उनी जोमिखमुक्त छन् । र, अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

‘सेल्फ क्वारेन्टाइन’मा रहेका बखत पनि उनले सबैसँग दूरी राखेको डा. राजभण्डारीसँग उनले बताएकी छन् । ‘पढेलेखेकी मान्छे संक्रमण फैलिएको देशबाट आएपछि परिवारसँग पनि दूरीमा रहेर आइसोलेसनमा बसेको देखिन्छ,’ उनले भने, ‘नियमपूर्वक बसेको र समुदायमा नगएका कारण ठूलो जोखिम नहोला भन्ने हामीले विश्वास लिएका छौं ।’

यसअघि स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा मन्त्री भानुभक्त ढकालले युवतीको परिवारलाई नै होम क्वारेन्टाइनमा राखिसकिएको जानकारी गराएका थिए । साथै, उनले युवतीसँग यात्रा गर्ने र सम्पर्कमा आएका व्यक्तिको पनि खोजपड्ताल भैरहेको बताएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ