२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘लकडाउन’ उल्लंघन गरे के हुन्छ ?

‘लकडाउन’ उल्लंघन गरे के हुन्छ ?


काठमाडौं–कोभिड-१९ को संक्रमण रोकथाम तथा न्यूनीकरण गर्न सरकारले ११ चैतदेखि १८ चैतसम्म लक डाउन गर्ने निर्णय गरेको छ ।

सरकारले संक्रामक रोग ऐन, २०२० को प्रयोग गर्दै यो व्यवस्था लागु गरेको हो । सो व्यवस्थाको उल्लंघन गर्ने जो कोहीलाई १ सय रुपैयाँ जरिवाना वा १ महिना कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ । त्यसैगरी सो व्यवस्था लागु गर्ने अधिकारीलाई कानुन कार्यान्वयन गर्न असर पु¥याए ६ महिना कैद वा १ सय रुपैयाँ जरिवाना वा दुवै हुनसक्ने उल्लेख छ ।

ऐनको विशेष व्यवस्था गर्ने अधिकारमा नेपालभर वा त्यस्तो कुनै भागमा मानिसमा कुनै संक्रामक रोग उब्जिएमा वा फैलाएमा वा फैलने सम्भावना देखिएमा नेपाल सरकारले सो रोग निर्मुल गर्न वा रोकथाम गर्न आवश्यक कार्वाही गर्न सक्ने र सर्वसाधरण जनता वा कुनै व्यक्तिहरुको समूह उपर लागु हुने गरी आवश्यक आदेश दिन सक्ने व्यस्था छ ।

त्यसैगरी मानिसलाई उब्जेको वा फैलिने सम्भावना भए कुनै संक्रामक रोगको निर्मुल गर्न वा रोकथाम गर्न आवश्यक व्यवस्था मिलाउन कुनै अधिकारी मुकरर गरी आवश्यक अधिकार सुम्पन सक्ने उल्लेख छ । यी दुवै कुरालाई पालना गर्न सर्वमान्यतामा प्रतिकूल असर नपर्ने गरी सरकारले पैदल वा जुनसुकै सवारीसाधनबाट ल्याइने यात्रुहरुको जाँचबुझ गर्ने र त्यस्तो पशुपंक्षी वा यात्रुलाई कुनै रोगको संक्रमणको शंका लागे जाँचवुझ गर्ने अधिकार पनि दिइएको छ ।

त्यस्ता किसिमका यात्रुलाई अस्पताल तथा अन्य स्थानमा अलग राखी कुन किसिमले ल्याउने लाने निरीक्षण र नियन्त्रण गर्न आदेश दिन सक्नेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ