२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलकडाउनपछि उपत्यका बाहिरका स्याम्पल डब्लुएचओले संकलन गर्ने

लकडाउनपछि उपत्यका बाहिरका स्याम्पल डब्लुएचओले संकलन गर्ने


काठमाडौं-देश लक डाउनमा गएपछि उपत्यका बाहिरका सम्भावित कोरोना (कोभिड-१९) संक्रमणका सबै स्पाम्पल विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले संकलन गर्ने भएको छ । उपत्यकाबाहिर प्रदेश १ र २ का स्याम्पल डब्लूएचओले संकलन गरेपछि त्यसलाई परीक्षण गर्ने प्रयोगशाला रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग पुर्याउने काम भने ती प्रदेशका सामाजिक विकास मन्त्रालयले गर्नेछन् ।

त्यसबाहेक वागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सम्भावित संक्रमितहरुबाट पनि डब्लुएचओले नै स्याम्पल संकलन गर्नेछ । उक्त संकलन गरिएको स्याम्पल यातायात तथा हवाई उडानहरु बन्द रह कारण काठमाडौंसम्म कसरी ल्याउने भन्ने विषयमा भने सरकारले मेकानिज्म बनाउने स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए । ‘विपीलगायतका उपत्यका बाहिर रहेका प्रयोगशालाहरुलाई सामाग्री उपलब्ध गराउने तयारी छ,’ उनले भने, ‘सम्बन्धित ठाउँबाट ल्याउन अहिले आन्तरिक यातायात र उडान बन्द भएकाले असजिलो भएको छ । अब यसलाई सहज बनाउन मेकानिज्म बनाउछौं ।’

मन्त्री ढकालले सम्भावित कोरोना संक्रमितहरुको कहाँ-कहाँ कसरी खोज्ने भन्नेमा काम भैरहेको जानकारी समेत दिए । उनले पीपीई केही बाहिरबाट प्राप्त भएको र ३ सय यही बनाइरहेका जानकारी पनि दिए । उनले सरकारलाई प्राप्त भएका मास्क प्रत्येक प्रदेशलाई ५० ५० हजार र पीपीई ५० ५० थान उपलब्ध गराइएको समेत जानकारी दिए ।

मन्त्री ढकालकाअनुसार औषधि ल्याउनका लागि सरकार र गैरसरकारी क्षेत्रबाट प्रयास भैरहेको छ, यसका लागि सरकारले कुटनीतिक पहल पनि सुरु गरेको छ । ‘लक डाउनको अवस्थामा औषधिका लागि सरकारी, गैरसरकारी र कुटनीतिक तहबाट पहल भैरहेको छ,’ उनले भने, ‘औषधि र इक्वीपमेन्टका लागि मित्र राष्ट चीन र भारतबाटैं ल्याउने हो । उहाँहरुले सहयोग गर्ने पनि बताउनुभएको छ ।’

साथै, मन्त्री ढकालले बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालाई डेडिकेटेड अस्पताल अस्पताल बनाइएकाले त्यसको प्राविधिक तयारी पनि लगभग सकिएको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ