२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सचिवको संयोजकत्वमा ७ सदस्सीय अस्पताल व्यवस्थापन समन्वय समिति बनाइयो

स्वास्थ्य सचिवको संयोजकत्वमा ७ सदस्सीय अस्पताल व्यवस्थापन समन्वय समिति बनाइयो


काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिव यादवप्रसाद कोइरालाको संयोजकत्वमा ७ सदस्सीय सरकारी तथा निजी अस्पताल व्यवस्थापन समन्वय समिति गठन गरेको छ । मंगलबार देशभरका अस्पतालको अवस्थाका बारेमा समन्वय गर्न उक्त समिति गठन गरिएको हो ।

समितिले अस्पतालमा बिरामीको अवस्था, इक्वीपमेन्ट, बिरामीले उपचार पाएका छन्, छैनन्, कुन अस्पतालमा बिरामीको चाप छ, कुन अस्पताल खाली छ लगायतका विषय अनुगमन तथा समन्वय गर्नेछ ।

उक्त समितिमा स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनी, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइराला, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राई, एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष बसुरुद्धिन अन्सारी सदस्य रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ