२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारखाडी मुलुकबाट आएका १ जनामा देखियो कोरोना पोजेटिभ

खाडी मुलुकबाट आएका १ जनामा देखियो कोरोना पोजेटिभ


काठमाडौं-नेपालमा कोरोना कोभिड १९ को तेस्रो केस भेटिएको छ । बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नेपालमा कोरोना संक्रमित तेस्रो केस भेटिएको पुष्टी गरेको हो ।

प्रयोगशाला निकट स्रोतकाअनुसार तेस्रो कोरोना संक्रमित व्यक्ति खाडीबाट आएका हुन् । ती बिरामीको शुक्रबार टपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भैरहेको छ ।उनका बारेमा थप ट्रयाकिङ भैरहेको छ ।

यसअघि चीनको बुहानबाट फर्केका एक नेपाली विद्यार्थीमा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो । उनी निको भएर त्यतिबेलै घर फर्किसकेका छन् ।

यस्तै फ्रान्सबाट ४ चैतमा काठमाडौंमा आइपुगेकी एक १९ वर्षीया नेपाली विद्यार्थीमा गत आइबार दोस्रो कोरोना पोजेटिभ देखिएको थियो । उनको अहिले शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भैरहेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकाअनुसार अहिलेसम्म नेपालमा ६ सयय ८७ जनाको स्याम्पल टेष्ट गरिएको छ । जसमध्ये ६ सय ८४ जनाको नेगेटिभ रिपोर्ट आएको छ । तीन जना कोरोना पोजेटिभ देखिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ