२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविश्व स्वास्थ्य संगठनका विज्ञको सल्लाह कहिले र कसले माक्स प्रयोग गर्ने ?

विश्व स्वास्थ्य संगठनका विज्ञको सल्लाह कहिले र कसले माक्स प्रयोग गर्ने ?


क्रिस्टिना फ्रेन्सिस
कन्सल्टेन्ट इन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोल
डब्ल्युएचओ, हेडक्वार्टर

तपाईं एक्लैले लगाएको सामान्य मेडिकल माक्सले कोरोना भाइरसबाट जोगाउँदैन् । जब तपाई मास्क प्रयोग गर्नुहुन्छ । प्रयोग गर्नु अगाडि स्वस्थ राख्नुपर्छ । र, अन्य सुरक्षाका उपायहरु अपनाउनुपर्छ । विश्व स्वास्थ्य संगठनले माक्स कसले प्रयोग गर्ने भन्ने विषयमा निश्चित अवस्थामा सिफारिस गरेको छ ।

यदि तपाईंलाई खोकी छ, ज्वरो छ र श्वास फेर्न गाह्रो भएको छ भने माक्स प्रयोग गर्नुहोस् । र, जाँचका लागि स्वास्थ्यकर्मीसँग सम्पर्क गर्नुहोस् ।

यदि तपाईंलाइ यी लक्षण देखिएको छैन भने माक्स प्रयोग गर्नु हुँदैन । किनकी त्यहाँ कुनै पनि तथ्य छैन कि माक्सको प्रयोग गर्ने मानिसहरु कोरोना संक्रमणबाट सुरक्षित हुन्छन् भन्ने । यदि तपाईं स्वस्थ्य हुनुहुन्छ तर तपाईं कोरोना आशंकित या संक्रमितको हेरचाहमा हुनुहुन्छ भने तपाईंले अनिवार्य माक्सको प्रयोग गर्नुपर्छ ।

यदि तपाईं एउटै कोठामा हुनुहुन्छ भने पनि माक्सको प्रयोग गर्नुपर्छ ।

यदि माक्स प्रयोग गर्दैगर्दा यसलाई सही तरिकाले प्रयोग गनर््पर्छ ।

माक्स लगाउनु अघि र लगाइसकेपछि अनिवार्य रुपमा सावुन पानीले हात धुने या अल्कोहल भएको सेनिटाइजर प्रयोग गर्नुपर्छ ।

कसरि प्रयाेग गर्ने माक्स ?

 

 

डा अप्रिल बालेर
आकस्मिक कार्यक्रम हेर्ने अधिकारी
डब्लुएचओ

  • माक्स लगाउनु अघि अलकोहल भएको सेनिटाइजर या सावनपानीले हात धुनुपर्छ ।
  • माक्स लगाउदा रिङ्ग भएको साइड पत्ता लगाएर माथिल्लो पट्टि पार्नुपर्छ ।
  • माक्सको सेता भागलाइ भित्र पटी र गाडा भागलाइ बाहिरपट्टी बनाएर लगाउर्न ।
  • माक्स लगाउदा विचको भागमा समात्न हुदैन दुवै लोतीमा समाएर कानमा लगाउनुपर्छ ।
  • माक्सको माथिल्लो भागमा भएको स्प्रिङ्गलाइ नाकको नाकको डाढीमा पार्ने र थिचेर नाकलाइ चेप्ने
  • माक्सले पुरै अनुहारलाइ छोप्ने ।
  • माक्स प्रयोग गरीसकेपछि पुन माक्सको लोतीमा समाएर निकाल्ने र सुरक्षीत ठाउमा नष्ट गर्ने ।
  • एक पटक प्रयोग गरेको मेडिकल माक्सलाइ पुन प्रयोग नगर्ने ।
  • पुन अल्कोहल भएको सेनिटाइजर या सावुनपानीले हात धुने ।

क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ