गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यकर्मीको लागि ‘पीपीई’ को व्यवस्था हुने मन्त्रालयको दावी स्वास्थ्यकर्मीको लागि ‘पीपीई’ को व्यवस्था हुने मन्त्रालयको दावी हेल्थ आवाज बिहीबार, २०७६ चैत्र १३ गते, २०:०० मा प्रकाशित तस्बिर : नवराज वाग्ले/हेल्थआवाज काठमाडौँ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले स्वास्थ्यकर्मीका लागि आवश्यक ‘पीपीई’, मास्क औषधिहरुको व्यवस्था गर्ने दावी गरेका छन् । बिहीबार ‘कोभिड-१९’ सम्बन्धि मन्त्रालयको नियमित मिडिया व्रिफिङ्गमा सचिव कोइरालाले उक्त जानकारी दिएका हुन् । कोभिड-१९ को उपचारको निम्ति तयारी अवस्थामा राखिएको २५ वटा हब अस्पताललाई ‘फिभर क्लिनिक’ संचालन गर्न १०-१० लाख रुपैयाँ दिइएको उनले जनाए । उक्त रकममार्फत आवश्यक औषधि तथा उपकरण खरीद गरी सेवा सञ्चालन गरिने उनको भनाइ छ । यसको साथै उनले नेपालमा अहिलेसम्म ७ सयभन्दा बढी व्यक्तिको कोरोना परिक्षण भएकोमा ३ जना व्यक्तिको मात्रै रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । उनले कोरोना जोखिम क्षेत्रबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा बसेर संक्रमण फैलन नदिन आग्रह गरेका छन्। विश्व स्वास्थ्य संगठनद्वारा बनाइएको कोरोना भाइरसविरुद्धको नियमलाई पालना गर्न सम्पूर्ण नेपालीलाई मन्त्रालयले आग्रह गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने कोशीलाई ‘प्रथम सेवा विन्दु’ हटाउने निर्णयले अस्पतालको वार्षिक २० करोड… प्रधानमन्त्रीले भने, ‘स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिनेछ’ प्रधानमन्त्रीबाट त्रिवि शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन नेपालमा नपाइने क्यान्सरका दुर्लभ महंगा औषधि बिरामीलाई निःशुल्क दिइने विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. साइमा… धेरै पढिएका १ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै ५ विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी ६ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ७ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन Kalpana Craft ट्रेण्डिङ कोशीलाई ‘प्रथम सेवा विन्दु’ हटाउने निर्णयले अस्पतालको वार्षिक २० करोड बढी आम्दानी गुम्दैं भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु कोशी र विपीलाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णय खारेज गर्न सांसद मोदीको माग प्रधानमन्त्रीले भने, ‘स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिनेछ' मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन कोशीलाई ‘प्रथम सेवा विन्दु’ हटाउने निर्णयले अस्पतालको वार्षिक २० करोड बढी आम्दानी गुम्दैं भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु कोशी र विपीलाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णय खारेज गर्न सांसद मोदीको माग प्रधानमन्त्रीले भने, ‘स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिनेछ' मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन