२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१०० वेड आईसीयु र २५ भेन्टिलेटर भएको वी एण्ड सी कोभिड-१९ उपचारका लागि सरकारलाई दिने घोषणा

१०० वेड आईसीयु र २५ भेन्टिलेटर भएको वी एण्ड सी कोभिड-१९ उपचारका लागि सरकारलाई दिने घोषणा


काठमाडौं–झापामा रहेको प्रस्तावित वी एण्ड सी मेडिकल कलेजले कोभिड-१९ का सम्भावित र संक्रमित बिरामीको उपचारका लागि आफ्नो अस्पताल र जनशक्ति सरकारले प्रयोग गर्न चाहे दिने निर्णय गरेको छ ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै १ सय आईसीयु, २५ भेन्टिलेटर, ८ सय नर्मल बेड र ५ सय सैय्या क्वारेन्टाइनमा राखी उपचार गर्न सक्षम रहेको अस्पताल सरकारलाई दिन तयार रहेको जनाएका हुन् ।

उनले अस्पतालमा कोभिड-१९ को लागि उपचार गर्न सरकारले आवश्यक उपकरण एन नाइन्टी फाइभ माक्स, पर्सनल प्रोटेक्टीभ इक्वीपमेन्ट( पीपीई) र परिक्षण किट उपलब्ध गराइदिए आफ्नो अस्पताल र जनशक्ति सरकारले पूयोग गर्नसक्ने उल्लेख गरेका छन् ।

सरकारले सुरक्षा उपकरण उपलब्ध गराइदिए अस्पतालमा कार्यरत एक सय पाँच जना चिकित्सक र सबै स्वास्थ्यकर्मी उपचारमा संलग्न रहने प्रतिवद्धता पनि उनले जनाएका छन् । ‘यदि यो विषम परिस्थितीमा कोराना उपचार र परिक्षणका लागि यो अस्पताल उपयोग गर्न चाहन्छ भने हामी दिन तयार छौं,’ प्रसाईले भने, ‘सरकारले आवश्यक सामाग्री उपलब्ध गराइदिओस् ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ