२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबेल्जियमबाट कतार हुँदै आएकी १९ वर्षीया थप एक युवतीमा देखियो कोभिड-१९ ‘पोजेटिभ’

बेल्जियमबाट कतार हुँदै आएकी १९ वर्षीया थप एक युवतीमा देखियो कोभिड-१९ ‘पोजेटिभ’


काठमाडौं-राजधानीबाहिर थप एक जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पोजेटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थ्रोट स्वाब परिक्षण गरिएका मध्ये थप एकजनामा शनिबार कोरोना ‘पोजेटिभ’ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

नयाँ कोभिड-१९ संक्रमित १९ वर्षीया ती युवती ४ चैत्रमा बेल्जियमबाट कतार हुँदैं नेपालमा आएकी थिइन ।  बाग्लुंगकी ती युवती अहिले चिकित्सकको निगरानीमा रहेको डा. देवकोटाले बताए । ‘ अवस्था सामान्य छ,’ डा. देवकोटाले भने ।

अहिलेको कोभिड-१९ पोजेटिभ देखिएकी युवती गत आइतबार पोजेटिभ देखिएकी काठमाडौंकी युवतीसँगैको फ्लाइट (DOH-KTM) QR -652 बाट दोहाबाट काठमाडौं आएकी थिइन् ।

यससँगै नेपालमा कोभिड १९ को संक्रमित व्यक्तिको संख्या ५ पुगेको छ । यसअघि पहिलो पटक गत माघमा बुहानबाट फर्किएका एक नेपाली विद्यार्थीमा कोभिड १९ पोजेटिभ देखिएको थियो । उनी उपचारपछि घर फर्किसकेका छन् । त्यसपछि दोस्रो पुष्टी गत आइतबार फ्रान्सबाट दोहा ट्रान्जिट हुँदै आएकी एक युवतीमा देखिएको थियो । उनी अहिले टेकुस्थितशुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी छन् ।

तेस्रो केस तीन दिनअघि युएईबाट आएका युवामा देखिएको थियो ।उनको पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भैरहेको छ । तेस्रो केस शुक्रबार युएईबाटै फर्केका धनगढीका युवामा पुष्टी भएको थियो ।  उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ