२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २जनकपुर प्रादेशिक अस्पतालमा २५ बेडको आइसोलेसन वार्ड तयार

जनकपुर प्रादेशिक अस्पतालमा २५ बेडको आइसोलेसन वार्ड तयार


जनकपुर-जनकपुर प्रादेशिक अस्पतालले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि २५ बेडको आइसोलेसन वार्ड तयार पारेको छ । सो अस्पताललाई प्रदेश सरकारको सामाजिक, विकास मन्त्रालयले चाहिने थर्ड लेयरको पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) उपलब्ध गराएकोले आइतबारदेखि सेवा सुचारु हुने गरी २५ बेडको आइसोलेसन वार्ड तयार पारेको हो ।

विश्वभर फैलिएको कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रादेशिक अस्पतालले आन्तरिक तयारी पूरा गरिसकेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. नागेन्द्रप्रसाद यादवले जानकारी दिए । कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रण गर्न लागि नै अस्पतालको सम्पूर्ण वार्डहरुको सेवा बन्द गरेर अहिले आकस्मिक सेवा मात्र सञ्चालन गरेको उनले बताए ।

कोभिड–१९ विरुद्ध लड्न तथा आम जनतालाई सेवा दिनका लागि आफूहरु दृढ भएको यसको तयारी पनि गरेको डा. यादवले बताए । उनले जनकपुर नर्सिङ क्याम्पस, पोषण पुनस्र्थापना गृह, ए आइटी सेन्टर, सम्पूर्ण वार्ड तथा अन्य सबै तहका चिकित्सक, पारामेडिक्स, प्रशासनिक कर्मचारीलगायत कार्यालय सहायक तथा स्वीपरहरुको रिजर्भ पुल निर्माण गरिसकेको बताए ।

ज्वरो क्लिनिक, इमर्जेन्सी आइसोलेसन वार्ड र सम्भावित कोभिड–१९ आईसीयू सञ्चालन गर्न सबैलाई काम गर्न खटाइसकेको मेसु यादवले बताए । आइतबारबाट प्रादेशिक अस्पतालले सेवा सुचारु गर्ने गरी तयारी गरेको छ ।

तयार पारिएको उपचार केन्द्रमा १० बेडको आईसीयु र ७ बेडको फिभर क्लिनिक गरि २५ बेडको उपचार केन्द्र रहेको छ । सो उपचार केन्द्रमा शनिबार मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेको टोलीद्वारा निरीक्षण पनि गरिएको थियो ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ