२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचीनबाट सहयोग स्वरुप प्राप्त अत्यावश्यक स्वास्थ्य सामाग्री नेपाललाई हस्तान्तरण

चीनबाट सहयोग स्वरुप प्राप्त अत्यावश्यक स्वास्थ्य सामाग्री नेपाललाई हस्तान्तरण


काठमाडौं–चीनबाट सहयोग स्वरुप आएका अत्यावश्यक स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई उक्त सामाग्री हस्तान्तरण गरेकी हुन् ।

सिचुवान प्रान्त, चिनियाँ राजदूतावास, अलिबाबा फाउन्डेसन, ज्याक्मा फाउन्डेसन, चाइना सीएएमसी इन्जिनियरिङ, सिचुवान होङसी ग्रुप, होङसी सिमेन्ट प्रा.लि.लगायतका सहयोग स्वरुप विभिन्न अत्यावश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराएका थिए । जसमा एन९५ मास्क, डिसेबल सर्जिकल मास्क, पोटेक्टीभ गगल्स, नन कन्ट्याक्ट इन्फारेड थर्मोमिटर, प्रोटेक्टीभ क्लोथ, पोर्टेबल भेन्टिलेटर, पिसीआर टेष्ट किट, डिस्पोजेबल ग्ल्बसलगायतका सामाग्रीहरु रहेका थिए ।

विभिन्न निकायलेहरुले सहयोग स्वरुप नेपाललाई दिएका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने क्रममा नेपालका लागि चिनियाँ राजदूत यान्छीले नेपाललाई कोभिड–१९ विरुद्धको लडाइमा चिनियाँ सहयोग जारी रहने बताइन् । ‘हाम्रो सहयोग यतिमा मात्र सिमित छैन्, अझै सहयोग गर्नेछौं,’ उनले भनिन्, ‘हामीले कोभिड –१९ विरुद्धको लडाइ जित्ने चरणमा छौं । केन्द्रीय सरकारले कोरोना प्रभावित विभिन्न देशमा सहयोग गर्ने योजना बनाएको छ ।’

सहयोग सामाग्री बुझ्दै स्वास्थ्य मन्त्री ढकालले चीन सरकार उपलब्ध गराएको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ