२०८१ भदौ २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड–१९ : नेपालगन्ज मेडिकल कलेजले भवितब्यमा पर्ने कर्मचारीलाई १० लाख रकम उपलब्ध गराउने

कोभिड–१९ : नेपालगन्ज मेडिकल कलेजले भवितब्यमा पर्ने कर्मचारीलाई १० लाख रकम उपलब्ध गराउने


बाँके-नेपालगन्ज मेडिकल कलेजले कोभिड १९ को जोमिखलाई मध्यनजर गर्दै कलेज/अस्पतालले खटाएको क्षेत्रका काम गर्दा भवितब्य परिहालेमा त्यस्ता कर्मचारीलाई १० लाख रुपैयाँ बराबरको रकम उपलब्ध गराउने गरी कोषको व्यवस्थापन गरेको जनाएको छ ।

कलेजका निमित्त निर्देशक नितेशकुमार कनोडियाले कलेज/अस्पतालले खटाएको क्षेत्रमा काम गर्दा भवितव्यमा पर्ने प्रत्येक कर्मचारीलाई १० लाख रुपैयाँ बराबरको रकम उपलब्ध गराउने गरी कोषको व्यवस्थापन गरिएको जानकारी दिए ।

यस्तै, नेपालगन्ज मेडिकल कलेज अहिले कोभिड १९ बाट विश्व आक्रान्त भइरहेको बेला कोभिड १९ विरुद्ध सचेतना र उपचार लागि तयारीमा लागिरहेको जनाएको छ । उसले कोभीड–१९ को रोकथाम तथा उपचारको लागि डाक्टर, नर्सिङ टिम, सरसफाई टिम, व्यवस्थापन र उपलब्ध मानवीय संसाधन तयारी अबस्थामा रहेको कनोडियाले बताए ।

मेडिकल कलेजले ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पीपीई) सरकारबाट उपलब्ध हुन नसकेकाले स्थानीय स्रोत र साधनको प्रयोग गरेर (पीपीई) बनाएर प्रयोगमा ल्याएको जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ