२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘सरकारले भ्रष्टाचार गरेको छैन’

‘सरकारले भ्रष्टाचार गरेको छैन’


काठमाडौं– ‘कोभिड-१९’ विरुद्ध रोकथाम तथा उपचारमा आवश्यक उपकरणमा भ्रष्टाचार नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दावी गरेको छ । मन्त्रालयको आजको नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले स्वास्थ्य सामाग्रीमा अनियमितता नभएको दावी गरेका हुन् ।

उनले भने, ‘अनियमितता भएको छैन तर ‘कोभिड-१९को महामारी बढेसँगै विदेशमा पनि सामाग्री अभाव भएको कारण मूल्य केहि महँगो चाँही भएको हो।’

कुनै पनि स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार नभएको स्पष्टिकरण दिंदै उनले भने, ‘सिचुवान प्रान्तले दिएको सामानको बीमा पीपीईको मूल्य १३० आरएमबी भनिएको छ । हामीले १, ९१९ रुपैयाँमा सम्झौता गरेको गरेका छौं ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ