२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकुन प्रदेशमा प्रयोगशाला विज्ञका रुपमा को जाँदैंछन् ?

कुन प्रदेशमा प्रयोगशाला विज्ञका रुपमा को जाँदैंछन् ?


काठमाडौं–कोभिड–१९ विश्वव्यापी महामारीका रुपमा फैलिएसँगै शंकास्पद कोभिड–१९ का संक्रमतिहरुको थ्रोट स्वाब प्रदेशमै परीक्षण गर्ने गरी सरकारले तयारी थालेको छ । हाल काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मात्रै कोभिड–१९ को स्वाब परीक्षण हुँदैं आएको छ ।

टेकुपछि सरकारले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पनि प्रयोगशाला सञ्चालनमा ल्याएको छ । यसैगरी, अन्य सबै प्रदेशमा प्रयोगशाला सञ्चालनमा ल्याउने गरी तयारी अगाडि बढेको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रदेशमा प्रयोगशाला विज्ञहरु खटाएको छ ।

प्रयोगशाला विज्ञका रुपमा प्रदेश २ को जनकपुरमा सुरेन्द्र मधुप, डा. निराजन भुषाल र विवेक तिमिल्सेनालाई पठाइएको छ । यस्तै, वाग्मती प्रदेशको हेटौडामा विष्णु उपाध्याय र निर्मल आचार्यलाई खटाइएको छ ।

पोखरामा रहने गण्डकी प्रदेशको प्रयोगशाला विज्ञका रुपमा वलराम गौतम, श्रीराम वाँस्तोला र रोजी पाण्डे खटाइएको छ । प्रदेश ५ को बुटवलमा प्रयोगशाला विज्ञका रुपमा विष्णु रायमाझी, रामबहादुर खड्का र खेमध्वज कार्कीलाई पठाइएको छ ।

कर्णाली प्रदेश सुर्खेत/नेपालगन्ज र सुदूरपश्चिम प्रदेश धनगढीको प्रयोगशाला विज्ञका रुपमा क्रमसः डा. महेन्द्रप्रसाद भट्ट, रामकृष्ण श्रेष्ठ र सुनिलप्रसाद लेखकलाई खटाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ