२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड–१९ : अत्यावश्यक स्वास्थ्य सामाग्री सातै प्रदेश पुग्दैं, के-के सामाग्री पठाइयो ?

कोभिड–१९ : अत्यावश्यक स्वास्थ्य सामाग्री सातै प्रदेश पुग्दैं, के-के सामाग्री पठाइयो ?


काठमाडौं–सरकारले कोभिड–१९ नियन्त्रण गर्न चीनबाट ल्याइएका अत्यावश्यक स्वास्थ्य सामाग्री सोमबारबाट सातै प्रदेशमा वितरण सुरु गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार कर्णाली प्रदेशको सुर्खेतमा सेनाको हेलिकप्टरमार्फत सामान पुगिसकेको छ ।

सोही हेलिकप्टरले सुदूरपश्चिम प्रदेशको धनगढी पनि सामान लैजादैंछ । महानिर्देशक श्रेष्ठकाअनुसार कर्णाली र सुदूरपश्चिमबाहेक हेलिकप्टरबाट विराटनगर पनि सामान गइसकेको छ । अन्य प्रदेश भने सोमबार नै स्थलमार्गबाट सामान लिएर गाडी हिडिसकेका छन् ।

सरकारले सातै प्रदेशमा ल्याब संचालन गरेर त्यही कोभिड–१९ को परिक्षण गर्ने तयारी समेत गरेको छ । प्रदेशस्तरमा रहेका अस्पतालहरुका ल्याव स्तरवृद्धि गरी संचालन सम्भाव्यताको लागि ल्याव विज्ञहरुको टोली पनि पठाइसकिएको स्वास्थ्य मन्त्रीका स्वास्थ्य विज्ञ डा. खेम कार्कीले जानकारी दिए । प्रदेशका ल्यावको स्तरवृद्धिसँगै चीनबाट ल्याइएका प्रोटेवल पिसिआर मेसिन पनि व्याकअपका लागि पठाइने उनले जानकारी दिए ।

प्रदेशमा पठाइएका सामाग्रीहरु

पीपीई– १/१ हजार थान
सर्जिकल माक्स – १०/१० हजार थान
ग्लब्स –२/२ हजार थान
एन ९५ माक्स – १/१ हजार थान


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ