२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमहामारी फैलिए उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न होटलमा राखिने

महामारी फैलिए उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न होटलमा राखिने


काठमाडौं–काठमाडौं सरकारले ‘कोभिड-१९’ महामारी फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक नर्स र स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न अस्पतालमा राख्ने  तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीका स्वास्थ्य विज्ञ डा. खेम कार्कीले कोरोनाको महामारी फैलिएको अवस्थामा उपचारमा संलग्न सबैलाई उपचार गर्ने हव अस्पतालको नजिक रहेका सुविधासम्पन्न होटलमा बस्ने र खाने व्यवस्थाको तयारी गरीएको जानकारी दिए ।

‘हामीले उपचारमा संलग्न हुने सबैलाई अस्पताल नजिकको होटलमा राख्ने तयारी गरीरहेका छौ’ उनले भने ‘भोलि यदि महामारी भयो भने कुन-कुन अस्पतालमा राख्ने भन्ने म्यापिङ गरिरहेका छौ ।’

सरकारले यस अघि उपचारमा संलग्न चिकित्सकहरुको निशुल्क विमा, थप भत्ता लगायतका सुविधा दिने निर्णय गरीसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ