२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारधरान र पोखराबाट कोभिड–१९ परिक्षण सुरु, अन्य ठाउँबाट पनि हुँदैं

धरान र पोखराबाट कोभिड–१९ परिक्षण सुरु, अन्य ठाउँबाट पनि हुँदैं


काठमाडौं–उपत्यकाबाहिर धरान र पोखराबाट कोभिड–१९ नमुना परीक्षण थालिएको छ । मंगलबार परिक्षणको लागि मेसिन पुगेपछि अन्य प्रदेशमा नमुना परिक्षण साँझसम्मबाट सुरु हुनेछ ।

धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारबाट नै सुरु भएको हो । अहिले धरानमा दैनिक १२ जनाको स्वाव परिक्षण सुरु गरिएको प्रतिष्ठानका कार्यवहाक उपकुलपति गुरु खनाले बताए । ती सवैको नेभेटिभ रिपोर्ट आएको जानकारी दिए । अरुको थप परीक्षण गर्ने तयारी भइरहेको छ ।

यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले मंगलबारबाट स्वाव परीक्षण सेवा सुरु गरिएको जानकारी दिए । उनका अनुसार अहिलेसम्म तीन वटा परिक्षण गरिएकोमा दुई जनाको संक्रमण नदेखिएको र अर्को एक जना भने रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रदेश नं. २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ५ को वुटवलमा पनि आज साँझबाट नमुना परीक्षण गर्ने तयारी रहेको कोभिड–१९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिए ।

उनका अनुसार यी चारै स्थानमा नमुना परिक्षणका लागि प्रोटेवल पिसिआर मेसिनसहित सम्पूर्ण सामाग्री पुगिसकेको छ । यसअघि नै प्रयोगशाला संचालन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनशक्ति खटाइसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ