२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिममा थप तीन जनामा कोरोना ‘पोजेटिभ’ भेटियो

सुदूरपश्चिममा थप तीन जनामा कोरोना ‘पोजेटिभ’ भेटियो


काठमाडौं–सुदूरपश्चिममा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार दुई जना भारतबाट फर्किएकामा र एकजना स्थानीयमा कोभिड–१९ पोजेटिभ देखिएको हो ।

जसमध्ये एकजना भारतको उत्तराखण्डबाट आएका ४१ वर्षीय कन्चपुरका व्यक्तिमा कोभिड–१९ पोजेटिभ देखिएको छ । यस्तै, मुम्बईबाट आएका कैलालीका २१ वर्षीयमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै, अर्को कोरोना केस स्थानीयमा सरेको पाइएको छ । यसअघि दुबईबाट फर्केका धनगढी ३४ वर्षीय युवामा कोभिड–१९ पोजेटिभ देखिएको थियो । उनकी भाउजुको थ्रोट स्वाब परिक्षण गर्दा उनमा पनि कोभिड–१९ पोजेटिभ देखिएको हो ।

यो स्थानीयमा कोभिड–१९ सरेको पहिलो हो । यसअघि नेपालमा कोभिड–१९ का आयातीय संक्रमितहरु मात्रै देखिएका थिए ।

यससँगै नेपालमा कोभिड–१९ पोजेटिभको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो फेसबुकमार्फत पनि यसको पुष्टी गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ