२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सचिवको पूर्व सचिवलाई जवाफ, ‘देश र जनताको नोकर हुँ, तपाईजस्तो अहंकारी अपराधी होइन’

स्वास्थ्य सचिवको पूर्व सचिवलाई जवाफ, ‘देश र जनताको नोकर हुँ, तपाईजस्तो अहंकारी अपराधी होइन’


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले आफू अपराधी र देशद्रोही नभएको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शनिबार चीनबाट ल्याएका सामाग्रीमा भ्रष्टाचार भएको र त्यसमा आइतबारसम्म स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइरालालगायत उच्च अधिकारी पदमुक्त हुने भन्दै पूर्व सचिव भीम उपाध्यायले ट्वीट गरेपछि उनले त्यस्तो जवाफ दिएका हुन् ।

पूर्व सचिव उपाध्ययले ट्वीटमा आइतबारसम्म उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्रीसहितका उच्च अधिकारी पदबाट हट्ने भनेर लेखेका थिए । ‘भोलि आइतबारसम्ममा विष्णु रिमाल, उपप्रम ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला र डिजी महेन्द्र श्रेष्ठ पदबाट हटे भने अचम्म नमान्नु होला,’ उनले ट्वीट गरेका छन्, ‘नभए होलसेल मै पदमुक्त हुन बाध्य हुन सक्छ ।’

उपाध्यायको ट्वीटमा रिप्लाई गर्दै स्वास्थ्य सचिव कोइरालाले लेखेका छन्, ‘भीमजी मेलम्चीमा यहाँले भ्रष्टाचार गरेको समाचार पढ्दा मलाई पनि त्यस्तै लागेको थियो । हेक्का रहोस अपराधीले अरुलाई पनि अपराधी नै देख्छन् । म देश र जनताको नोकर हुँ, तपाई जस्तो अहंकारी अपराधी होइन । म अपराधी र देशद्रोही होइन फेरि पनि हेक्का रहोस् । कोठामा बसेर अरुको चरित्र हत्या नगर ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ