२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारद्धारा दोस्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम स्थगित

सरकारद्धारा दोस्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम स्थगित


काठमाडौं-सरकारले बैशाख ६ र ७ गतेका लागि तय भएको दोस्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम स्थगित गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै भिटामिन ए कार्यक्रम स्थगित गरेको हो ।

मन्त्रालयले २१ चैतमा २०७६/७७ का लागि तय भएको दोस्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम स्थगन गर्ने निर्णय गरेको हो ।

यसबारेमा ७ प्रदेश र ७५३ स्थानीय निकायमा आवश्यक जानकारी लागि भन्दैं स्वास्थ्य मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार समेत गरिसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ