२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड-१९ को संक्रमणको सामना गर्न अन्तर काउन्सिल समन्वय समितिको यस्तो अपिल

कोभिड-१९ को संक्रमणको सामना गर्न अन्तर काउन्सिल समन्वय समितिको यस्तो अपिल


काठमाडौं-कोभिड-१९ को रोकथाम तथा उपचारका लागि कार्यक्षेत्रमा खटिदा आफ्नो र सेवाग्राहीको उच्च ध्यान दिएर मानव समाजको रक्षाको निम्ति थप समर्पित हुन् अन्तर काउन्सिल समन्वय समितिले अपिल गरेको छ।

सोमबार समितिले सूचना जारी गर्दै  मानव समाजको रक्षाको निम्ति स्वास्थ क्षेत्रमा संलग्न सबैलाई कार्यक्षेत्रमा थप समर्पित हुन् अन्तर काउन्सिल समन्वय समितिले अपिल गरेको हो।

यससँगै कोभिड-१९ को सन्दर्भमा समितिकै पहलमा सबै पेशागत परिषद, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि विभागका प्रतिनिधिहरु सम्मेलित टोलीले अस्पताल तथा स्वास्थ्यकर्मीहरुलो अवस्था अवलोकन गरी सेवा तथा सुरक्षामा आवश्यक सुधारका लागि भूमिका निर्वाह गर्न सुरु गरिसकेको उल्लेख गरेको छ।

समितिले पेशागत परिषदको आचारसहिता अनुरुप कार्य गर्न चिकित्सक, नर्स र सबै विधाका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई अनुरोध गरेको छ। कोभिड १९को महामारीको सामना गर्न  केहि सुझाव, सल्लाह तथा निर्देशन दिन आवश्यक रहेको जनाएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ