गृहपृष्ठ ∕ समाचार ∕ निक साइमन इन्स्टिच्युटद्धारा १० वटा पोर्टेबल भेन्टिलेटर र १ हजार थान पिपिई हस्तान्तरण निक साइमन इन्स्टिच्युटद्धारा १० वटा पोर्टेबल भेन्टिलेटर र १ हजार थान पिपिई हस्तान्तरण हेल्थ आवाज मंगलबार, २०७६ चैत्र २५ गते, १६:५२ मा प्रकाशित काठमाडाैँ – निक साइमन इन्स्टिच्युटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पिपिई हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई निक साइमन इन्स्टिच्युटका तर्फबाट डा अनिल श्रेष्ठले सामाग्री हस्तान्तरण गरे । भेन्टिलेटर र पिपिई जस्तो महत्वपूर्ण स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोमा धन्यवाद दिँदै सबैको प्रयासले कोरोनाविरूद्धको लडाइमा विजय प्राप्त गर्न सकिने बताउनुभयाे । उहाँले विपद्को यस अवस्थामा निक साइमन इन्स्टिच्युटले हस्तान्तरण गरेको पोर्टेबल भेन्टिलेटर तत्कालै धनगढी, वुटवल र बागलुङमा दुई/दुई वटाको दरले पठाइने र चारवटा भेन्टिलेटर आकस्मिक प्रयोजनाका लागि तयारी अवस्थामा राखिने जानकारी दिनुभयो । इन्स्टिच्युटका तर्फबाट डा श्रेष्ठले अझै धेरै सहयोग उपलब्ध गराउने प्रयास भइरहेको भन्दै नेपाल सरकारसँग सहकार्य गर्न पाएकोमा खुशी प्रकट गर्नुभयाे । हस्तान्तरण लगत्तै स्वास्थ्य सेवा विभागमा महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य सामाग्री सम्बन्धित जिल्लामा पठाउने काम सुरू भएको जानकारी दिनुभयाे । पिपिइ यसअघि नै जिल्ला जिल्लामा पठाइएको श्रेष्ठले बताउनुभयो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ७ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? TFN ट्रेण्डिङ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने फ्रन्टलाइनमा रहेर काम गर्ने सबैको जिम्मा राज्यले लिन्छ : मन्त्री ढकाल दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं राष्ट्रिय चिकित्सक संघले मोबाइलबाटै स्वास्थ्य परामर्श दिने दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति स्वास्थ्यमन्त्री खापुङ र राज्यमन्त्री केसीबीच ‘टसल’ यसरी स्थापना भएको थियो ३१ वर्षअघि डा. मृगेन्द्रराजको पहलमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने फ्रन्टलाइनमा रहेर काम गर्ने सबैको जिम्मा राज्यले लिन्छ : मन्त्री ढकाल दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं राष्ट्रिय चिकित्सक संघले मोबाइलबाटै स्वास्थ्य परामर्श दिने दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति स्वास्थ्यमन्त्री खापुङ र राज्यमन्त्री केसीबीच ‘टसल’ यसरी स्थापना भएको थियो ३१ वर्षअघि डा. मृगेन्द्रराजको पहलमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्