२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो

स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो


काठमाडौं-सरकारले कोभिड–१९ रोकथाम र उपचारका लागि आवश्यक पर्ने सामाग्री किन्नका लागि टेण्डर आव्हान गरेको छ ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले मंगलबार सूचना प्रकाशित गरी कोभिड–१९ का लागि २३ प्रकारका सामाग्री खरिद गर्न टेण्डर अव्हान गरेको हो । आइतबारसम्म टेण्डर भर्ने समय दिइएको व्यवस्थापन महाशाखाका अापुर्ती ब्यबस्थापन प्रमुख  चुडामणि भण्डारीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि ओम्नी समुह संग सामाग्री ल्याउन सम्झौता गरेको थियो । ओम्नीले सामाग्री ल्याउन नसकेको भन्दै पहिलो चरणको सामाग्र्री ल्याइसकेपछि सम्झौता रद्ध गरिएको थियो ।

ओम्नीसँग गरिएको सामाग्री खरीद महंगो भएको भन्दै सरकारको आलोचना भएको थियो । आलोचनासँगै सरकारले सम्झौता तोडेर ८५ प्रतिशत नेपाली सेनामार्फत जी टु जी विधिबाट सामाग्री ल्याउने सम्झौता भएको थियो । स्वास्थ्य सेवा विभागले बाँकी रहेको १५ प्रतिशत सामाग्री ल्याउने प्रक्रिया अगाडि बढाएको हो ।

सरकारले गत बुधवार ओम्नी समूहले तोकेको समयमा तोकेको सामाग्री ल्याउन नसकेको भन्दै उसको ५ करोड बढी धरौटी जफत गरी कालोसूचीमा राख्न पठाउने निर्णय गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ