२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार५ जना चिकित्सक बर्खास्तीबारे स्पष्ट पार्न नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको माग

५ जना चिकित्सक बर्खास्तीबारे स्पष्ट पार्न नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको माग


काठमाडौं-नेपाल चिकित्सक संघ लुम्बिनी शाखाले लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ५ जना चिकित्सक बर्खास्त गरिएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार संघले एक विज्ञप्ति जारी गर्दै कोभिड १९ को महामारीका बेला चिकित्सकलगायतका स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने बेलामा यस्तो समाचार सार्वजनिक हुनुलाई दुखद् भएको जनाएको छ ।

चिकित्सक संघ लुम्बिनी शाखाका अध्यक्ष डा. इन्द्र ढकाल र महासचिव सन्तोष पोख्रेलले संयुक्त रुपमा जारी गरेको उक्त विज्ञप्तिमा यस्तो विषम परिस्थितीमा चिकित्सकको मनोबल नघटाइ सेवामा समर्पित हुन आग्रह समेत गरिएको छ ।

साथै शाखाले उक्त घटनाको कारण तुरुन्त स्पष्ट गर्न प्रदेश ५ को सामाजिक विकास मन्त्रालय र लुम्बिनी प्रादेशिक अस्पताल पार्न आग्रह समेत गरेको छ । यस्तै, उसले यसका लागि निन्तर छलफलमा रहने समेत जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ