२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतोकिएको मापदण्ड विपरित सेनिटाइजर विक्रि नगर्न विभागको आह्वान

तोकिएको मापदण्ड विपरित सेनिटाइजर विक्रि नगर्न विभागको आह्वान


काठमाडौँ – आवश्यक मापदण्ड विना उत्पादन गरेका सेनिटाइजर खरिद-विक्रि नगर्न औषधि व्यवस्था विभागले आह्वान गरेको छ ।  विभागले बुधबार विज्ञप्ति जारी गरी सेनिटाइजरले ‘कोभिड १९’ संक्रमणबाट बच्न मद्दत गर्ने भएता पनि हाल बजारमा उपलब्ध विभिन्न ह्यान्ड सेनिटाइजरमध्ये कतिपय उत्पादनहरु आवश्यक मापदण्ड विपरित रहेकोले विभागको त्यसतर्फ ध्यानाकर्षण भएको भन्दै त्यस्ता सेनिटाइजर खरिद विक्रि नगर्न आह्वान गरेको हो ।

अल्कोहोल बेस ह्यान्ड सेनिटाइजरमा तोकिएको गुणस्तरभन्दा कम अल्कोहोल पाइएको विभागले जनाएको छ।  संक्रमणबाट बच्नको निम्ति प्रयोग गरिने सेनिटाइजरमा ‘इथाइल’ वा ‘आइसोप्रोपाइल’ अल्कोहोलको मात्रा ७० देखि ८० प्रतिशतसम्म हुनुपर्ने मापदण्ड तोकिएको छ ।

 तर, कोभिड१९ भयका कारण पछिल्लो केहि महिना यता बजारमा सेनिटाइजरको कृत्रिम अभाव पनि देखिएको छ । जसको परिपूर्ति गर्न विभिन्न समूहले स्थानिय रुपमा सेनिटाइजर उत्पादन थालेका थिए । यसरी स्थानिय रुपमा उत्पादित निर्मित सेनिटाइजरमा आवश्यक मापदण्ड अर्थात् अल्कोहोलको मात्रा नरहेको र सो उत्पादित सेनिटाइजरको गुणस्तर न्युन भएको विभागले दावी गरेको छ ।

यस्तो छ विभागद्धारा जारी विज्ञप्ति  :


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ