२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे उपकुलपतिमा प्रा. डा. ज्ञानेन्द्र गिरी नियुक्त

विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे उपकुलपतिमा प्रा. डा. ज्ञानेन्द्र गिरी नियुक्त


काठमाडौँ – सरकारले विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे उपकुलपतिमा प्रा. डा. ज्ञानेन्द्र गिरीलाई नियुक्ति गरेकाे छ । प्रतिष्ठानकाे सहकुलपति एवम स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले डेढ महिना अघि गरेको सिफारिसको आधारमा कुलपति समेत रहेक प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबार उनलाई नियुक्त गरेका हुन् ।

सरकारले रिक्त रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि प्रतिष्ठानका सहकुलपति समेत रहेका जनसंख्यामन्त्री ढकालको संयोजकत्वमा तीन सदस्य उपकुलपति सिफारिस समिति (सर्च कमिटी) गठन गरेको थियो । साे समितिले डा गिरी, प्रतिष्ठानका कार्यबहाक उपकुलपती प्रा. डा गुरु खनाल र प्रतिष्ठानका मेडिकल डिपाटमेन प्रमुख प्रा. डा सन्जिव शर्माकाे नाम सिफारिस गरेका थिए ।

समितिमा योजना आयोगका शिक्षा, स्वास्थ्य हेर्ने सदस्य डा. उषा झा र अर्थ मन्त्रालयका सचिव डा. राजन खनाल रहेका थिए भने सदस्य सचिवका रुपमा स्वास्थ्य सचिव खगराज बराल रहेका थिए । सो समितिले ६ माघमा सूचना प्रकाशन गरी योग्यता पुगेका इच्छुक उम्मेदवारले ५ दिन भित्र आफ्नो शैक्षिक तथा व्यक्तिगत विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सचिव खगराज बरालको इमेलमा पठाउन भनेको थियो । उपकुलपतिमा १६ जनाकाे उमेदवारी परेकाे थियाे

उपकुलपतिमा नियुक्त भएका डा. गिरी मुटु रोग विशेषज्ञ हुन् । उनी लामो समय कोसी अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट भएर काम गरेका थिए । सरकारी जागिरबाट अवकास भएपछि उनी नोवेल मेडिकल कलेजको संस्थापक अध्यक्ष थिए । नोवेलमा सेयरधनी बीच विवाद भएपछि उनी राजधानीको विएण्डवी अस्पतालमा आएर काम गरेका थिए । विराटनगरमा विराट मेडिकल कलेज स्थापना भएपछि पुनः उनी त्यहाँ गएर मेडिसिन डिपार्टमेन्ट चिफ भएर काम गरिरहेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ