२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारछात्रवृत्तिमा एमडी-एमएस पढिरहेका ९५४ चिकित्सकलाई कोरोना उपचारमा खटाउने तयारी

छात्रवृत्तिमा एमडी-एमएस पढिरहेका ९५४ चिकित्सकलाई कोरोना उपचारमा खटाउने तयारी


काठमाडौ–सरकारले छात्रवृत्तिमा विशेषज्ञ चिकित्सा अध्ययन गरिरहेका चिकित्सकहरुलाई ‘कोभिड १९’ को उपचारमा खटाउने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयमार्फत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान र विपी कोइराला स्वास्थ्य  विज्ञान प्रतिष्ठानमा छात्रवृत्ति पाएर दोस्रो र तेस्रो वर्षमा स्नातकोत्तर अध्ययन गरिरहेका चिकित्सकहरुलाई खटाउने तयारी गरेको हो ।

‘कोभिड १९’ को संक्रमण फैलिएमा विभिन्न जिल्लामा गएर उपचार गर्नको लागि विशेषज्ञ अध्ययनरत चिकित्सकलाई पठाउने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन शाखा प्रमुख रघुराम विष्टले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत छात्रवृत्ति पाएर हाल ९ सय ५४ जना चिकित्सक तीन ठाउँमा अध्ययनरत छन् । उनीहरुलाई तत्काल खटाउने नभई महामारीको अवस्था आएमा खटाउनको लागि मन्त्रालय तयारी अवस्थामा बसेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बताउँछन्।

‘भोलि महामारीकोे अवस्था आएमा खटाउनको लागि तयारी गरिएको हो ।’ डा देवकोटा भन्छन् ‘अहिलेबाटै खटाउने भनेको होइन महामारी आइहाल्यो भने सरकारले खटाएको स्थानमा जान मानसिक रुपमा तयार हुनुहोस् भनेर भनिएको हो ।’ मन्त्रालयले छात्रवृत्तिमा अध्ययन गरीरहेका विशेषज्ञ चिकित्सक खटाउने सम्बन्धी कार्यविधी पनि तयार गरिरहेको उनको भनाइ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ