२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसेवा निवृत्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोभिड-१९ को उपचारमा आबद्ध हुन सरकारको आव्हान

सेवा निवृत्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोभिड-१९ को उपचारमा आबद्ध हुन सरकारको आव्हान


काठमाडौं -स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल सेवाबाहिर रहेका र सेवा निवृत्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ‘कोभिड-१९’ को रोकथाम, नियन्त्रण तथा उपचारको निम्ति स्व-इच्छा आबद्ध हुन आव्हान गरेको छ।

शुक्रबारको मन्त्रालयको नियमित व्रिफिंगमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनशक्ति व्यवस्थापन गर्ने उद्देश्यले सरकारले सेवा निवृत्त र सेवा बाहिर रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई यस कार्यमा स्व-इच्छा आबद्ध हुन् आव्हान गरेको बताएका हुन्।

यसको साथै उनले छात्रवृत्तिमा पढिरहेका चिकित्सकलाई परिचालन गर्ने समेत निर्णय भएको जनाए। यस निर्णयले जनशक्ति व्यवस्थापनमा ठूलो मद्दत पुग्ने सरकारको विश्वास रहेको उनको भनाइ छ।

त्यस्तै उनले हालसम्म ३ हजार ५ सय २४ कोरोना परिक्षण भएको जानकारी दिए । उनका अनुसार देशभर गरेर आइसोलेसनमा १ सय १५ जना छन् । क्वारेन्टाइनमा ८ हजार ६ सय ६१ व्यक्ति छन्। सरकारले स्वास्थ्य परिक्षणको दायरा बढाएसँगै परिक्षणको संख्या पनि बढिरहेको उनले जनाए।

त्यस्तै, सरकारले चिकित्सक, नर्स लगायतको पारिश्रमिक कटौती नहुने डा. देवकोटाले बताए। मन्त्रिपरिषद्को बैठकमा ७ दिनसम्मको तलब काट्ने भनिएतापनि स्वास्थ्य तथा जनसख्या मन्त्रालयले उक्त निर्णय नगरेको उनले स्पष्ट पारे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ