२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारफ्युचर ग्रुपद्धारा कोभिड–१९ क्लिनिकका स्वास्थ्यकर्मीलाई निःशुल्क खानाको व्यवस्था

फ्युचर ग्रुपद्धारा कोभिड–१९ क्लिनिकका स्वास्थ्यकर्मीलाई निःशुल्क खानाको व्यवस्था


काठमाडौं–फ्युचर ग्रुप नेपाल काठमाडौंले पाटन अस्पतालको कोभिड–१९ क्लिनिकमा काम गर्ने ४० जना स्वास्थ्यकर्मी र सहयोगीलाई निःशुल्क खानाको व्यवस्था गरेको छ ।

ग्रुपले पाटन अस्पतालमा कोभिड–१९ क्लिनिकमा डेडिकेटेड भएर काम गर्ने ४० जनालाई १५ दिनसम्म विहान र बेलुकाका लागि निःशुल्क खानाको व्यवस्था गरेको हो । होटल भिभान्ताबाट बिहान बेलुकाको खाना खाने व्यवस्था मिलाएको फ्युचर ग्रुपले जनाएको छ ।

ग्रुपकी अध्यक्ष सुष्मा खत्रीका अनुसार अहिले स्वास्थयकर्मीहरूले विशुद्ध पेसाकर्मीभन्दा पनि एउटा मोर्चाको योद्धा सरह मैदानमा डटिरहेका कारण उनीहरुको मनोबल बढाउन आफूहरुले सानो प्रयास गरेको बताइन् । ‘यस्तो अवस्थामा हाम्रो समाजका अपरिचित यी नायकहरूलाई सम्मान स्वरूप आफ्नो समुहको तर्फबाट धन्यवाद ज्ञापन गरिएको हो,’ उनले भनिन्, ‘हरेक दिन खानासँगै धन्यवाद भनेर विशेष सन्देश पठाउने गरेका छौ ।’ ग्रुपले त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले चाहेअनुसार खानाको व्यवस्था गरिदिएको छ ।

अध्यक्ष खत्रीले अहिले कोभिड–१९ विरुद्ध खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मीलगायतलाई आफूहरुजस्तै अन्य सहयोगी मनहरुले पनि अलिकति हौसला प्रदान गर्नुपर्ने अवस्था आएको बताइन् । यसका लागि उनले सहयोगी मनहरुलाई हात बढाउन समेत आग्रह गरिन् ।

यसअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आफैले खाना बनाएर खानु परेको समाचार पनि बाहिरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ