२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीरगन्जमा आएर बसेका तीन जना भारतीय नागरिकमा देखियो कोरोना ‘पोजेटिभ’

वीरगन्जमा आएर बसेका तीन जना भारतीय नागरिकमा देखियो कोरोना ‘पोजेटिभ’


काठमाडौं-१५ दिनअघि भारतबाट नेपाल आएर वीरगन्जमा बसिरहेका २४ जना भारतीयमध्ये तीन जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतकाअनुसार राष्टिय जनस्वास्थ्य प्रयोगशालामा थ्रोट स्वाब परिक्षण गर्दा  शनिबार राति उनीहरुमा कोभिड-१९ पोजेटिभ पुष्टी भएको हो ।

भारतबाट आएका उनीहरु वीरगन्जमा २ मस्जिदमा एउटामा १० जना र अर्कोमा १४ जना गरी बसिरहेका थिए । उनीहरुबारे स्थानीयले प्रशासनलाई खबर गरेपछि प्रशासनको व्यवस्थापनमा नारायणी अस्पतालका चिकित्सकहरुले थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडा पठाइएको थियो ।

बिहीबार हेटौडा प्रयोगशालामा उनीहरुको थ्रोट स्याब परिक्षण गर्दा तीन जनामा कोभिड-१९ पोजेटिभ देखिएको थियो । कोभिड-१९ पोजेटिभ देखिएलगतै उनीहरुको स्वाब पुनः परीक्षणका लागि काठमाडौं पठाइएको थियो ।

काठमाडौंको राष्टिय जनस्वास्थ्य प्रयोगशालामा पुनः परीक्षण गर्दा पनि उनीहरुको स्वाबमा कोभिड-१९ पोजेटिभ पुष्टी भएको हो ।

१० जनामा बसेको समूहका ३ जनामा कोभिड-१९ पोजेटिभ देखिएको हो । कोभिड-१९ पुष्टी भएका २ जना उत्तर प्रदेशका र एक जना दिल्लीका भएको मन्त्रालय स्रोतले बतायो ।

कोभिड-१९ पुष्टी भएलगतै उनीहरुलाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ